२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ज्येष्ठ नागरिक राज्यकै अभिभावक हुन् : उपप्रमुख अधिकारी

प्रकाशित मिति : २०८० बैशाख ४ गते

चितवन / भरतपुर महानगरपालिकाका नगर उपप्रमुख चित्रसेन अधिकारीले ज्येष्ठ नागरीकहरूलाई सजिलो र सहज रुपमा सेवा पुर्याउनेमा भरतपुर महानगरपालिका प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले ज्येष्ठ नागरिक राज्यका अभिभावक भएकै कारण उनीहरुलाई राज्यले विभेद गर्न नमिल्ने पनि बताउनुभयो । उप प्रमुख अधिकारीले पुर्बाधार मात्र बिकाश नभएर जेष्ठ नागरिकको समस्या समाधान गर्नु पनि बिकाशकै स्वरुप भएको समेत प्रष्ट पार्नु भयो ।
जेष्ठ नागरिक सघ चितवनको तेस्रो वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम एवं नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाइ आइतबार भरतपुरमा सम्बोधन गर्नु हुँदै उप प्रमुख अधिकारीले जेष्ठ नागरिकहरु सस्कृतिको धरोहर भएको प्रष्ट पार्दै जेष्ठ नागरिकलाई राज्यले दोस्रो दर्जाको रुपमा हेरेको भन्दै राज्यबाट पाउनु पर्ने सेवा सुबिधाहरु नपाएकोमा आपत्ति समेत प्रकट गर्नु भयो । उहाले माहानगरको उप प्रमुखको सचिबालय जेष्ठ नागरिकका लागि २४ सै घन्टा खुल्ला रहने समेत प्रतिबद्धता जाहेर गर्नु भयो ।
जेष्ठ नागरिकहरुको सरक्षणमा भरतपुर महानगरपालिका सधै साथमा रहेको स्मरण गराउदै उहाँले महानगर अहिले जेष्ठ नागरिक आश्रम निर्माण गर्ने तयारीमा रहेको जानकारी गराउनु भयो । दिवाकालिन जेष्ठ नागरिक आश्रम आजको आबश्यकता हो उप प्रमुखले भन्नू भयो, वडातह बाटै कामको शुरूवात गरेर प्रक्रियामा आउनुस महानगर आश्रम बनाइदिन तयार छ । कार्यक्रममा बागमती प्रदेश सासद कृष्ण प्रसाद सिलवाल,राष्ट्रिय भुमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना, चितवन क्षेत्र न २ का पुर्ब सासद कृष्ण भक्त पोख्रेल, भरतपुर १० का पुर्ब वडा अध्यक्ष अरुण पीडित भण्डारी, साहित्यकार गोबिन्दराज बिनोदी लगायत अन्य समाजका लब्धप्रतिष्ठित ब्यक्तिहरुलाइ सम्मान गरिएको छ ।
त्यस्तै कार्यक्रममा सस्थाका सचिब भोजराज न्यौपानेले सस्थाले हालसम्म गरेका क्रियाकलाप एवं भावी कार्यक्रमहरुको बारेमा बार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष बिष्णु प्रसाद रेग्मीले आर्थिक बर्ष २०७८÷०७९ को आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा ९५ बर्ष भन्दा माथिका दुई जना जेष्ठ नागरिकहरुलाई सस्थाले दोसल्ला ओढाएर सम्मान समेत गरेको छ ।
साधारणसभामा बागमती प्रदेश सासद उत्तम जोशी, जिल्ला समन्वय समिति चितवनका पुर्ब प्रमुख कृष्ण कुमार डल्लाकोटी, राष्ट्रिय भुमी आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना, चितवन क्षेत्र न २ बाट हाल सघिय सासदमा उम्मेदवारी दिएका जितनारायण श्रेष्ठ, सस्थाका उपाध्यक्ष माधब शर्मा घिमिरे,साहित्यकार गोबिन्दराज बिनोदी लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियोे ।
सस्थाले जिल्लाको ६४ वटा वडाहरुमा उप शाखा बिस्तार गरिसकेको छ भने बाकी वडाहरुमा पनि शाखा बिस्तार गर्ने तयारी गरिरहेको जनाएको छ । नेपालमा ३० लाख भन्दा बढी जेष्ठ नागरिकहरु रहेको २०७८ को जनगणनाले देखाएको छ । देशका ७४ जिल्लामा जेष्ठ नागरिक सघ स्थापना भइसकेका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39