चितवन / वैशाख १० नजिकिँदै गर्दा जय जन्मभूमि पार्टीले चुनावी प्रचारप्रसारलाई थप तीव्र पारेको छ । आइतबार भरतपुरमा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान गर्दै चुनावी अभियानलाई तीव्र पारेको हो । जय जन्मभूमि पार्टी नेपालबाट चितवन–२ को उपनिर्वाचनमा पार्टी अध्यक्षसमेत रहेका नेता प्रेमबहादुुर खड्का उमेदवार बनेका छन् ।
उनले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने तीन पालिकाका सबै वडामा चुनावी अभियानलाई तीव्र पार्दै आफ्ना चुनावी मुद्धालाई जनतामाझ बुझाउँदै हिँडेका छन् । पुराना र स्थापित दलबाट देश विकासको सम्भावना नदेखिएपछि भूपू सैनिकलाई एकमुष्टरूपमा समेटेर नयाँ दल स्थापना गरेको हो । त्यसैले आफ्ना र पार्टीका मुद्धालाई जनतासामु बताउन पनि यो निर्वाचनमा उमेदवारी दिएर प्रचारप्रसारमा हिँडेको उनले बताए ।
‘हामीलाई आफ्नो जीवनकालमा भोगेका विभिन्न अनुभव र दक्षताको आधारमा पनि देश चलाउने अनुभव छ,’ उनले भने, ‘त्यसैले अनुभवी भएर पनि नयाँ दललाई जनताले विश्वास गरिदिए देशको मुहार अलि चाँडो फेरिन्छ ।’
पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा लक्ष्मीकान्त पाण्डेले चितवन–२ बाट प्रेमबहादुर खड्कालाई जसरी भए पनि चुनाव जिताउन चितवनवासीलाई आग्रह गरे । आत्मनिर्भर अर्थतन्त्रसहितको प्रजातान्त्रिक समाजवादको आधारमा देश चलाउनुपर्ने भएकोले जय जन्मभूमिको उदय भएको उनको भनाइ छ ।
‘सीप विकासलाई प्रमुख विषय बनाएर हिँडेका छौँ,’ उनले भने, ‘किनकि शिक्षाभन्दा पहिले सीप विकास गर्न सके देशको अर्थतन्त्र बलियो हुन्छ ।’ पार्टीले हरेक दिन वडावडामा प्रचारप्रसार गर्दै कोणसभा गर्दै चुनावी अभियानलाई निरन्तरता दिँदै आएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

जय जन्मभूमिको चुनावलक्षित प्रचार प्रसार तीव्र

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72











