२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन २ उपनिर्वाचन क्षेत्रमा एम्बुलेन्स र दमकल बाहेक सबै सवारीमा रोक

प्रकाशित मिति : २०८० बैशाख ९ गते

चितवन / बैशाख १० गते अर्थात भोलि (आइतबार) उपनिर्वाचनको मतदानको दिन हो । जिल्ला प्रशासन कार्यालय चितवनले शान्ति सुरक्षालाई मध्यनजर गर्दै चितवन क्षेत्र नं २ भर एम्बुलेन्स र दमकल बाहेकका सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ ।
कार्यालयले एक सूचना जारी गरी चितवन २ मा पर्ने राजमार्गसहितका सबै सडकमा अनुमति लिन नपर्ने अत्यावश्यक सेवा एम्बुलेन्स र दमकल बाहेकका अन्य सवारी साधनलाई रोक लगाउने जनाएको हो ।
यसअघि प्रशासन कार्यालयले राजमार्गमा गुड्ने लामो दुरीका गाडीलाई चल्न दिने बताएको थियो । गृह मन्त्रालयको निर्णय कार्यान्वयन र उच्चस्तरिय निर्वाचन सुरक्षा समितिको निर्णय बमोजिम पछिल्लो निर्णय भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । ‘अनुमति लिन नपर्ने सवारी साधन बाहेकलाई राजमार्गमा पनि सञ्चालनमा रोक लगाउने निर्णय भएको छ’, उनले भने ।
भोलि मतदानको दिन बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म चितवन २ भर सवारी सञ्चालनमा रोक लगाइएको हो । चितवन २ मा पूर्व–पश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग पर्छन् । यो निर्णयसँगै राजमार्ग भएर पूर्व र पश्चिम जाने र काठमाडौँ, पोखरातर्फ जाने लामो दुरीका गाडी पनि सञ्चालन हुन नपाउने भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39