२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

वैदेशिक रोजगारीमा गएकाहरुको विवरण सकलन

प्रकाशित मिति : २०८० बैशाख १५ गते

चितवन / भरतपुर महानगरपालिकाले बैशाख १६ गतेबाट वैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुको विवरण सकलन गर्ने भएको छ । कामको सिलसिलामा विभिन्न मुलुकहरुमा गएका भरतपुर महानगरपालिका भित्रका ब्यक्तिहरुको सहि दस्तावेज निर्माण गर्न विवरण सकलन गर्न लागिएको भरतपुर महानगरपालिकाले जनाएको छ ।
महानगरका २९ वटै वडामा गएर गणकहरुले वैदेशिक रोजगारीमा गएका घरपरिवारका सदस्यहरु सग यथार्थ विवरण सकलन गर्ने छन ।
त्यसका लागि बिहिवार भरतपुर महानगरपालिकाले वैदेशिक रोजगार सम्बन्धि तथ्यांक सकलन, अभिलेखिकरण तथा पार्श्वचित्र निर्माण गर्न गणकहरुलाइ दुई दिने अभिमुखिकरण कार्यशाला गोष्ठीको आयोजना गरेको छ । स्वास्थ तथा सामाजिक बिकास महाशाखाका निर्देशक शान्ता कुमारी पौडेलले भरतपुर महानगरपालिकाका प्रत्येक वडा बाट एक एक जना गणकहरुलाई प्रशिक्षण दिएर सम्बन्धित वडामा खटाइने बताउनु भयो ।
यो कार्य महानगरको एक महत्त्वपूर्ण कार्य हो पौडेलले भन्नू भयो, महानगरले अब वैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुको दस्तावेज निर्माण गर्ने छ । गणकहरुले आगामी असार १५ भित्रमा तथ्यांक सकलन गरेर महानगरपालिकामा बुझाइ सक्नु पर्ने पौडेलको भनाइ छ ।
वडामा जाने गणकहरुले वैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुको घर घरमा गएर उनिहरुको पारिबारिक विवरणका साथै लिग, उमेर, वैदेशिक रोजगारीमा गएको अवधी, बुझेर गए नगएको,सीप सिके नसिकेको,मान्यता प्राप्त म्यानपावर बाट गए नगएको,वैदेशिक रोजगारी बाट फर्कनुको कारण, फर्केर आएपछि ब्यापार ब्यबसाय गरे नगरेको जस्ता थुप्रै विवरणहरु अध्याबधिक गर्ने छन ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नगर उप प्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले एक महत्त्वपूर्ण दस्तावेज निर्माण गर्न लागेको प्रष्ट पार्नु भयो । यो दस्तावेज निर्माण भएपछि वैदेशिक रोजगारीमा गएकाहरुको यकिन तथ्यांक आउने र फर्केर आएकाहरुले महानगरपालिका बाट कस्तो अपेक्षा गरेका छन भन्ने कुराको प्रष्ट खाका तयार बनाउन सहयोग पुग्नेमा बिश्वास व्यक्त गर्नु भयो ।
सामी कार्यक्रमका शुसासन सयोजक भक्त राइले दुई दिन सम्म गणकहरुलाइ प्रशिक्षण दिनु हुने छ भने सम्पर्क ब्यक्ति सुकदेब ढकालले सहजीकरण गर्नु हुने छ । महानगरपालिकामा वैदेशिक रोजगारीमा जानेको सख्या १० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ भने स्थायी रुपमा बसोबास गर्ने घर धुरीको सख्या ७७ हजार रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68