२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेता चुनेको १७ महिनापछि कांग्रेसको नीति अधिवेशन

प्रकाशित मिति : २०८० बैशाख १९ गते

काठमाडौं / २०७८ मंसिरमा पार्टीको १४ औं महाधिवेशन गरेर नेतृत्व चुनेको दल नेपाली कांग्रेसले नेता चुनेको १७ महिनापछि नीति तय गर्ने अधिवेशनको तयारी गरेको छ । कांग्रेसको १४औं महाधिवेशनपछि पार्टी नेतृत्वमा शेरबहादुर देउवा चुनिएका थिए भने पदाधिकारी र केन्द्रीय सदस्यसमेत निर्वाचित भएका थिए ।
कांग्रेस विधानमा नेता चुन्ने महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र पार्टीको नीति तय गर्न छुट्टै अधिवेशन डाक्ने व्यवस्था छ । तर, कांग्रेस नेतृत्वले विधानको व्यवस्थालाई वेवास्था गर्दै महाधिवेन सकिएको ६ महिनाभित्र गर्नुपर्ने नीति अधिवेशन १७ महिना बित्दासमेत गर्न सकेको छैन ।
सोही कारण कांग्रेसको मर्गचित्रसमेत अस्पष्ट रहँदै आइरहेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको नीति अधिवेशन, भ्रातृ संगठनमा नेतृत्व र पूर्णता, पार्टीको संगठन सुदृढीकरण र रिक्त विभागलाई पूर्णता दिनेलगायतका विषयमा पार्टीभित्र अनौपचारिक रूपमै भए पनि गहन छलफल सुरु भइसकेको जानकारी दिए ।
‘नीति अधिवेशन, भ्रातृ संगठनमा नेतृत्व र पूर्णता, पार्टीको संगठन सुदृढीकरणलगायतका विषयमा गम्भीर र गहन रूपमा छलफल सुरु भइसकेको छ, भदौमा नीति अधिवेशन गर्नेगरी योजना बन्दै छ, आगामी केन्द्रीय समिति बैठकबाट सबै कुराको टुंगो लाग्छ,’ कांग्रेस महामन्त्री शर्माले राजधानीसँग भने । कांग्रेसले प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि निर्वाचनको समीक्षा बैठकसमेत राखेको छैन ।
गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षासमेत कांग्रेसले औपचारिक रूपमा बैठक डाकेर गर्न सकेको छैन । ‘लामो समययता पार्टीको केन्द्रीय समिति बस्न नसक्दा धेरै कुरामा अलमल भएका छन्, यही वैशाख अन्तिम साता केन्द्रीय समिति बैठक बोलाउनेगरी छलफल भइरहेको छ,’ कांग्रेस पार्टी कार्यालयका एक कर्मचारीले भने । यो समाचार राजधानी दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.24
152.84
European Euro
1
175.62
176.32
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.37
188.11
Australian Dollar
1
107.55
107.97
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.58
22.67
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.76
41.92
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.45
41.62
Malaysian Ringgit
1
37.26
37.41
South Korean Won
100
10.75
10.80
Swedish Kroner
1
15.96
16.02
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.40
19.48
Kuwaity Dinar
1
495.49
497.45
Bahrain Dinar
1
403.79
405.38
Omani Rial
1
395.41
396.97