२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनमा २५६७औं बुद्ध जयन्ती मनाइयो, गुम्बा परिसरमै र्याली

प्रकाशित मिति : २०८० बैशाख २३ गते

–बबिलाल तामाङ
भरतपुर । चितवनसहित देशैभर २५६७ बुद्ध जयन्ती मनाइएको छ । बौद्ध धर्मावलम्वीहरुले हरेक वर्ष चण्डीपूर्णिमाका दिन विशेष तरिकाले बुद्ध जयन्ती मनाउँदै आएका छन् । यसवर्षको बुद्ध जयन्ती यही बैशाख २२ गते शुक्रबार परेको हो ।
यसैबीच भरतपुर ११ भोजाडमा अवस्थित छेच्यु थर्पलिङ गुम्बामा बुद्ध जयन्ती भव्यसँग मनाइएको अध्यक्ष पञ्चबहादुर लामाले जानकारी दिए । अध्यक्ष लामाका अनुसार गर्मी अत्यधिक भएका कारण गुम्बा परिसरमै तेङ्गुर, कङ्गुर ठेलीहरु (किताब) लिएर ¥याली गरिएको हो ।
पहिलेका पुर्खाहरुले बुद्धजयन्ती जानीनजानी गर्दै आएको र राज्यको दमनको वावजुद पनि धर्मलाई जोगाई यहाँसम्म ल्याउन सफल भएको उनले बताए । बौद्धमार्गीहरुले बुद्धको सन्देश देश विदेशमा फैलाउनु पर्ने हाम्रो साझा कर्तव्य भएकोले सबैको साथ जरुरी भएको उनको भनाइ छ ।
बुद्ध जयन्तीमा गरिने पाठपूजाले इष्टमित्र, आफन्तजन, सम्पूर्ण प्राणी जगतको भलो हुने र शान्ति फैलिने बौद्धमार्गीहरुको विश्वास छ । तामाङ समुदाय जन्मजात बुद्धिष्ट भएकोले सबैले बुद्ध जयन्तीमा सहभागी हुन समेत उनले आग्रह गरे ।
भरतपुर नगर तामाङ सामाजका अध्यक्ष पासाङ तामाङले भावी पिढीको सिकाईको लागि पनि आफ्नो धर्म र संस्कृतिलाई निरन्तरता दिनु आवश्यक भएको बताए । उनीहरुलाई मार्ग निर्देशन गर्न सके मात्रै आफ्नो संकृति बचाउन सकिने उनको भनाइ थियो । गुम्बामा भक्तजनहरुले पूजापाठ, बत्ती बाल्ने र गुरुहरुबाट वाङ (आशीर्वाद) लिइएको थियो ।
गुम्बामा भक्तजनहरुलाई प्रसादका रुपमा खीर, तरकारी, फलफूल वितरण गरिएको हो भने करिब ३ हजार जनाको उपस्थिति रहेको थियो । उक्त गुम्बामा भरतपुरका तामाङ समुदायको संस्कार र संस्कृति सम्बन्धी विभिन्न गतिविधि हुँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51