२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रेस स्वतन्त्रताको सवाल

प्रकाशित मिति : २०८० बैशाख २५ गते

प्रत्येक वर्ष मे ३ तारिख अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाइने गरिन्छ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारण सभाको घोषणापश्चात् हरेक वर्ष युनेस्कोको आह्वान्मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आएको छ । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हकहितको आवाज उठाउँदै प्रेस स्वतन्त्रता मनाउँदै आएको छ । प्रेस स्वतन्त्रता, मानव अधिकार, लोकतन्त्रको पक्षमा पत्रकारहरूले पु¥याएको योगदान अद्वितीय रहे पनि राज्यले अझै पनि पत्रकारहरूको भौतिक सुरक्षा र व्यावसायिक हक हितमा ध्यान पु¥याउन सकेको छैन । हरेक वर्ष दिगो विकास लक्ष्य हासिल गर्न स्वतन्त्र र गुणस्तरीय मिडियाको विकासलाई केन्द्रित गरी अभिव्यक्ति स्वतन्त्रता, सबैका लागि न्याय, कानुनको शासन, शान्ति र समावेशिताबीचको सम्बन्धलाई उजागर गरेर यो दिवस मनाइँदै आएको छ ।
यो दिवस प्रेस स्वतन्त्रताको प्रतिरक्षा गर्दै पत्रकारिता निर्वाहका क्रममा जीवन उत्सर्ग गर्ने पत्रकारहरुप्रति श्रद्धा एवम् स्मरण गर्ने विशेष दिनको रुपमा महŒवपूर्ण रहिआएको छ । तर, विडम्बना ! संविधानमा प्रेस स्वतन्त्रता उल्लेख भए पनि र स्वतन्त्र प्रेसको जतिसुकै वकालत गरिए पनि अझै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति भने हुन सकिरहेको छैन । नेपालमा विभिन्न बहानामा प्रेसमाथि आक्रमण भइरहेकै छ । प्रेसमाथि आक्रमण गर्नेलाई उन्मुक्ति दिइनु, आक्रमण गर्नेमाथि छानबिन नहुनुजस्ता प्रेस स्वतन्त्रता उल्लंघनका घटनाले व्यावहारिक रुपमा प्रेस स्वतन्त्रताको प्रत्याभूति हुन नसकेको देखिन्छ । प्रेस स्वतन्त्रताको अनुभूति हुन नसकेकै कारण पत्रकारहरुले निर्भीक ढंगबाट समाचार लेख्न सकिरहेका छैनन् । नेपालमा संविधानतः प्रेस स्वतन्त्रताको संरक्षण गरिएको छ । तर, व्यवहाररतः पत्रकारलाई सुरक्षित रुपमा काम गर्ने वातावरण अझै बन्न सकिरहेकोे छैन ।
नेपालमा प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा समाचार संकलनका क्रममा भोग्नुपरेका कठिनाइबारे देशभरका पत्रकारहरुले गुनासो गर्दै आइरहेका छन् । नेपालमा दर्जनौँ पत्रकारमाथि दुव्र्यवहारका घटना भएका छन् । प्रेस स्वतन्त्रता हनन घटना यसवर्ष पनि तीव्र रुपमा बढेको पाइएको छ । हरेक वर्ष स्वतन्त्रता दिवस मनाइँदै गर्दा स्वतन्त्र प्रेसको सम्मान हुन सकिरहेको छैन । पत्रकारको हकहित र श्रमजीवी पत्रकार ऐनका
विषयमा जतिसुकै बहस र अन्तक्र्रिया गरिए पनि कार्यान्वयन हुन सकिरहेका छैनन् । पत्रकारहरु निर्भिक र आत्मनिर्भर बन्न नसकेसम्म प्रेस स्वतन्त्रता मनाउनुको सान्दर्भिकता रहँदैन । तसर्थ, राज्यले पत्रकारहरुको पेसागत सुरक्षाका साथै समस्या अविलम्ब सम्बोधन गर्नु आवश्यक देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39