२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा नेकपा एसले भ्रष्टाचार विरुद्ध बुझाए ज्ञापनपत्र [भिडियो सहित]

प्रकाशित मिति : २०८० जेष्ठ ३ गते

चितवन / नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी चितवनले भुटानी शरणार्थी सम्बन्धी मानव बेचबिखन सम्बन्धित भ्रष्टाचार विरुद्ध गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेकपा एसका अध्यक्ष अरुणपीडित भण्डारीले जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मार्फत गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई कडा कारबाही र नाम जोडिएकालाई तत्काल पक्राउ गरि कानुनी दायरामा ल्याउन माग गरिएको छ । ज्ञापनपत्र बुझाउन पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला र नगर स्तरका नेताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
नेपाली नागरिकहरुलाई नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेचबिखन र भ्रष्टाचार जस्तो जघन्य अपराधमा संलग्न भएका सबैलाई कार्बाही गर्न र तिनीहरुलाई कुनै पनि बहानामा दोषमुक्त नबनाउन वा मुद्दालाई कमजोर तथा निश्प्रभावी नपार्न ज्ञपनपत्र उल्लेख गरिएको छ ।
नक्कली भुटानी शरणाथी काण्डका भ्रष्टाचारीहरुलाई कानुनी कार्बाहीको दायरामा ल्याउन आजसम्म सरकारले राखेको अडान, कार्य र सक्रियताले आमनागरिकको बीचमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै पत्रमा निराश जनता केही मात्रामा आशावादी बनेको उल्लेख गरिएको छ ।
देशका कतिपय उच्च पदस्थ नेता, उपप्रधानमन्त्री, मन्त्री, सांसद तथा सत्वालयका सचिवहरुले नै देशका नागरिकहरुलाई अर्को देशको नक्कली नागरिक बनाई विक्री गर्नु मानव बेचविखनको कार्यमात्र नभई राष्ट्रप्रतिको धोखा र राष्ट्रद्रोही कार्य भएको जनाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45