मकवानपुर / बागमती प्रदेशमा घरपालुवा पशुचौपायामा देखिने विषाणुजन्य ‘लम्पी स्किन’ रोगको संक्रमण बढ्न थालेको छ । पहिलो चरणमा संकलन गरिएको तथ्याङ्क अनुसार, प्रदेशमा हालसम्म १८ हजार ३२४ गाईमा उक्त संक्रमण देखिएको प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार उक्त संणमण सबैभन्दा धेरै मकवानपुरमा देखिएको छ । जिल्लामा ४ हजार ८३५ गाईमा उक्त रोग देखा परेको छ भने १९७ गाईको मृत्यु भएको छ ।
यस्तै, सिन्धुलीमा ९ हजार ६३४ गाईमा संक्रमण देखिएको छ भने ४७ गाईको मृत्यु भएको छ । त्यस्तै, रामेछापमा १ हजार ९६५, चितवनमा १ हजार ६० गाईमा उक्त रोगको संक्रमण देखिएको सचिव पाण्डेले बताए ।
यसैगरी, काठमाडौंमा ८३, ललितपुरमा ४०, काभ्रेमा ४००, नुवाकोटमा ३००, सिन्धुपाल्चोकमा ६ र भक्तपुरमा एउटा गाईमा लम्पी स्किन संक्रमण देखा परेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेशको रसुवा र दोलखा जिल्लामा भने उक्त संक्रमण नदेखिएको र धादिङको विवरण मन्त्रालयमा आउँन बाँकी रहेको सचिव डा. पाण्डेले बताए ।
- ADVERTISEMENT -

१८ हजारभन्दा बढी गाई लम्पी स्किनबाट संक्रमित
May 18, 2023

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
