२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

घरबारविहीनलाई बास र शिक्षा निःशुल्क गर्दै राप्ती नगरपालिका

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते

चितवन / राप्ती नगरपालिकाले एक वर्षमा १ सय ७५ वटा विपन्न परिवारलाई घर निर्माण गरी दिएको छ । शनिवार आयोजित पत्रकार सम्मेलन मार्फत राप्ती नगरपालिका प्रमुख शमशेर लामाले जानकारी दिए । प्रमुख लामा राप्ती नगरपालिकामा पदवहाली भएको एक वर्ष पूरा भएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै उनले राप्ती नगरपालिकाले जनतामुखि काम गरेको बताए । विपन्न परिवारलाई गाँस वास र कपासको अभाव नहुने वातावरण बनाएको उनको भनाइ थियो । उनले घरबारविहीनहरुको पहिचान गर्दै र जीर्ण अवस्थामा बसोबास गरेका अति विपन्न परिवारलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।
यस्तै निःशुल्क स्वास्थ्य विमाको योजना भण्डारा अस्पतालमा लागू गर्ने गरी काम गरिरहेको आफ्नो नियमित सेवामा सुधार गरेको बताइएको छ । उनका अनुसार गत एक वर्षमा १४ हजारभन्दा बढी जनताले अस्पतालबाट सेवा लिएका छन् ।
कार्यक्रममा पहाडका जनता र नगरभित्रका दीर्घरोगी र क्यान्सरका विमारीलाई निःशुल्क एम्वुलेन्स सेवा, सुत्केरी महिलालाई निःशुल्क भिडियो एक्सरे, अस्पतालमा सुत्केरी गराएमा पोषण भत्ता बराबर ३ हजार ८ सय रुपैयाँ नगदको व्यवस्था र भण्डारामा आँखा उपचार केन्द्रको सुरुवात गरिएको उनको भनाइ छ ।
यस्तै राप्ती नगरपालिकाले ४९ वटा सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा अभियान सुरु गरेको बताइएको छ भने इसिडिदेखि कक्षा १२ सम्म पढ्नलाई निःशुल्क गरिएको बताए । “निशुल्क शिक्षा राप्ती नगरपालिकाको इच्छा” नारासहित पालिकाभरिका विद्यालयमा निःशुल्क शिक्षा गरिएको हो ।
यसैबीच नगर उपप्रमुख देवेन्द्र लामाले पालिकाभित्रका विद्यार्थीलाई पढ्नको कुनै बाधा नहुने बताए । उपप्रमुख लामाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन गरेपछि जग्गाको निस्सा वितरण गरेको जानकारी दिए ।
उनका अनुसार राप्ती वडा नं ११ को डुम्रिखाडीका ६८ भूमिहीन दलित घरपरिवारको रातोपुर्जाको लागि कार्यपालिकाले निर्णय गरेर जिल्ला सुकुम्वासी आयोगलाई बुझाएको छ । विभिन्न वडामा जग्गा नापको काम भइरहेको र सरकारी जग्गा अतिक्रमण भएका ठाउँ खाली गराई फिर्ता लिने उनको भनाइ थियो ।
कार्यक्रममा उनले भण्डारा, खुरखुरे, वीरेन्द्रनगर, गड्यौली र लोथरको बजार व्यवस्थापन गर्ने काम भएको बताए । स्थलगत अनुगमन गर्दै कान्दासम्म पुग्न सडक विस्तार र आधारभुत स्वास्थ्य केन्द्र खोलिने भएको छ । कान्दामा सहज सञ्चारको लागि फोर जि इन्टरनेटको सुविधा सुरु भएको छ ।
राप्तीका विकट क्षेत्रमा डिजलबाट चल्ने मिल अनुदानमा उपलव्ध गराइएको छ । नगरको फोहर व्यवस्थापन गर्ने रिकिसि नामक संस्था संगको सहकार्यमा राप्ती नगरपालिकाले आफै प्राङ्गगारिक मल उत्पादन सुरु गरेको छ । मल उप्पादनसंगै विक्रि पनि सुरु भएको हो ।
प्रति केजि ३५ रुपैया पर्ने मललाइ नगरले १५ रुपैया अनुदान दिइ २० रुपैया प्रतिकेजि जनता समक्ष पुर्याउने भएको छ । अहिले यो यसका अलवा दुधमा अनुदान, किसानलाइ सिचाइ र कृषिमा अनुदान दिदै आइरहेको छ । राप्ती नगरपालिकाले यो एक बर्षमा विकास निर्माणमा फड्को मारेको छ ।
पालिकाको अधिकांश सडकमा उच्चस्तरिय ग्रावेल भएका छन । सोहि अनुपातमा कालोपत्रे र पहाडी क्षेत्रको टोल टोलमा सडक विस्तार भएको छ । यो बर्ष मात्रै वडा नं १ र ११ ले आफ्नै भवनबाट सेवा सुरु गरे । नगरस्तरिय आयुर्वेद औषधालय र वडा नं ३ र ८ को आफ्नै स्वास्थ्य केन्द्र वाट सेवा सुरु भयो । वडा नं १२ आउदो बर्ष वाट आफ्नो भवनमा सर्ने र वडा नं ६ को स्वास्थ्य केन्द्रको उद्घाटन हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72