मकवानपुर / बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले देशलाई सुशासन, विकास एवम् समृद्धिको पथमा लम्किने आधार गणतन्त्रबाट निर्माण भएको बताएका छन् । प्रदेश प्रमुख शर्माले सोमबार मनाइँदै गरिएको १६ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सो कुरा बताएका हुन् ।
नेपाल शाहवंशीय राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको ऐतिहासिक र गौरवमय दिनका रुपमा गणतन्त्र दिवसलाई प्रमुख शर्माले उल्लेख गरे ।
‘यस महत्वपूर्ण दिनको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई एवं दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’ प्रदेश प्रमुख शर्माले भने,‘गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात, अज्ञात अमर शहीदहरूप्रति हार्दिक श्रद्घासुमन अर्पण गर्दै बेपत्ता,घाईते तथा अपाङ्ग योद्धाहरुमा उच्च सम्मान प्रकट गर्दछु ।’
प्रमुख शर्माले शुभकामना सन्देशमा ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को बसन्त क्रान्तिको जगमा नेपाली जनताका प्रतिनिधिमार्फत २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट हाम्रो देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरिएको उल्लेख गरे ।
‘यो दिनलाई हामी वंश परम्परामा चलिआएको निरंकुश, केन्द्रिकृत र एकात्मक शासन व्यवस्थाको अन्त्य गर्दै नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउँने दिनका रुपमा स्मरण गर्दछौं’ प्रदेश प्रमुखको शुभकामना सन्देशमा छ । गणतन्त्रात्मक व्यवस्थामा हामी संघीयता, धर्मनिरपेक्षता, समानुपातिकता एवम् समावेशीतासहितको संविधान प्राप्त गर्दै अधिकार सम्पन्न नागरिक भएको उनको भनाई छ ।
नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका सम्मानपूर्वक बाँच्न पाउँने, स्वतन्त्रता, समानता, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय, सामाजिक सुरक्षा, श्रम, महिला, बालबालिका, दलितका हक जस्ता विषय हाम्रा लागि अत्यन्त सुखद् र खुशीको विषय भएको प्रमुख शर्माले सन्देशमा उल्लेख गरे ।
उनले यी तमाम प्राप्त उपलब्धिको रक्षा र कार्यान्वयन गर्दै अघि बढेमा गणतन्त्र थप दिगो र दरिलो हुँदै जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन अवश्य हुने विश्वास समेत लिए । प्रदेश प्रमुख शर्माले आफ्नो सन्देशमा हाम्रो जीवनलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणसहित सभ्य र सुसंस्कृत बनाउँदै समुन्नत समाज निर्माणमा गणतन्त्रले सदैव मार्ग प्रसस्त गरोस् भन्ने कामना समेत गरे ।
साथै, उनले देश निर्माणको महाअभियानमा लामबद्ध हुन सबैलाई यो दिवसले प्रेरणा मिलोस् भन्नेमा प्रमुख शर्माले शुभकामना व्यक्त गरे ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘सुशासन, विकास एवम् समृद्धिको पथमा लम्किने आधार गणतन्त्र हो’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













