२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सबै भ्रष्टाचारका फाइल खोलौं

प्रकाशित मिति : २०८० जेष्ठ १५ गते

मुलुक भ्रष्टाचारको दलदलमा भासिएको दृष्टान्त भर्खरै बहुचर्चित भुटानी शरणार्थी प्रकरणको छानबिनले उजागर भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने धन्दामा संलग्नता रहेको आरोपमा राज्यको उच्चपदस्थ व्यक्तिहरु पक्राउ परेका छन् । शरणार्थी प्रकरणमा केही शंका अझै बाँकी छन् । तथापि सरकारले निर्मम भएर दोषी कसैलाई पनि उन्मुक्ति नदिने र निर्दोष नफसाउने बताइरहेको छ । नेपालमा भ्रष्टाचार र अनियमितता प्रकरणका मुद्दा थुप्रै छन् । आमजनता र नागरिक समाजले राजनीतिक दलका उच्चपदस्थ नेता, कार्यकर्ता र राज्यको विशिष्ट पदमा आसिन कर्मचारीहरुको सम्पत्ति विवरणमात्रै होइन, विभिन्न कालखण्डमा भएका प्रकरणका फाइल खोलिनुपर्ने माग राखेर सडकमा खबरदारी गर्दै आइरहेका छन् । भ्रष्टाचारविरोधी संस्थाहरुले ‘पानामा पेपर’ले सार्वजनिक गरेका भ्रष्टाचारको विषयको छानबिन गरिनुपर्ने माग उठाइरहेका छन् ।
प्राकृतिक साधन र स्रोतले भरिपूर्ण मुलुक पिछडिनुको पछाडि प्रमुख कारण भ्रष्टाचार र अनियमितता नै हो । भ्रष्टाचार मौलाउँदै गएपछि युवाशक्ति देशमा बसेर भविष्य छैन भन्दै दैनिक पाँच हजारको संख्यामा बिदेसिन बाध्य छन् । नागरिक हरेकदिन देशका प्रमुख सहरहरुमा भ्रष्टाचारविरुद्ध खबरदारी गर्न प्रदर्शनमा उत्रिन बाध्य छन् । अहिलेको नागरिक आक्रोशलाई सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीका लागि मात्रै हो भनेर बुझ्नु गलत हुनसक्छ । किनभने, अब करिब चार दर्जन भ्रष्टाचारका काण्डहरुको छानबिनका लागि सरकारले पहलकदमी लिन सकेन भने यही आक्रोशले जनआन्दोलनको रुप लिनेमा शंका छैन । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले देखिएको अग्रसरता र प्रहरी प्रशासनको सक्रियता सराहनीय छ । शरणार्थी प्रकरणमा अझै आरोपितहरु फरार छन् । सरकारले केही पक्राउ परेका व्यक्तिलाई दोषी देखाएर पर्दा पछाडिका व्यक्तिहरुलाई उन्मुक्ति दिने दुस्प्रयास नगरोस् भन्ने नै अहिलेको आमचाहना हो ।
राज्य संयन्त्रलाई नै मानव तस्करीमा प्रयोग गर्नेसम्मको अन्तर्राष्ट्रिय अपराधमा दोषी उम्किने अवस्था बन्यो भने आमनागरिकको भरोसाको बाँध पक्कै पनि भत्किने निश्चित छ । नागरिक समाजले सडकमा गरेको प्रदर्शन पनि त्यहीका लागि हो । सरकारका लागि अहिलेको समय उपयुक्त र ऐतिहासिक अवसर पनि छ कि राज्यका तमाम अनियमितताका प्रकरणहरुको फाइल खोल्दै छानबिन गरी कारबाही गर्ने । यसो हुन सक्यो भने मुलुकमा कानुनी राज मरेका छैन भन्ने अनुभूति आमनागरिकले गर्न सक्छन् । पछिल्लो समय हरेक क्षेत्रमा व्यापक नैराश्यता बढेको छ । आफ्ना नागरिकलाई भरोसा दिलाउँदै राज्यका सेवासुविधा र सुशासनको प्रत्याभूति दिलाउन सके सरकारप्रति सबैको सम्मान बढेर जानेमा कुनै द्विविधा छैन । तर, राजनीतिक सौदाबाजीमा भ्रष्टाचार काण्डका फाइलहरु दराजभित्रै राखेर नागरिकको आँखामा छारो हाल्न खोजियो भने त्यसले भयानक आँधिवेहरीको रुप लिन सक्ने देखिन्छ । पछिल्लो समय यसै पनि पुराना राजनीतिक दल र तिनका नेता, कार्यकर्ता सर्वाधिक आलोचित बन्दै गएको अवस्थामा सरकारले कोही कसैसँग सम्झौता नगरीकन धमाधम भ्रष्टाचारको फाइल खोलेर दोषीलाई कानुनको कठघरामा उभ्याउनु ऐतिहासिक र सुनौलो अवसर आएको छ । यसबाट सरकार विचलित हुनुहुँदैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45