२०८३ असार १४, आईतवार
June 28, 2026
२०८३ असार १४, आईतवार
June 28, 2026 Sunday
- ADVERTISEMENT -

विपन्नलाई १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउन बागमती प्रदेशको निर्देशन

प्रकाशित मिति : २०८० जेष्ठ २० गते

हेटौंडा / बागमती स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असहाय तथा विपन्न नागरिकका लागि अस्पतालहरुलाई १० प्रतिशत निःशुल्क शय्या उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका अस्पतालहरुलाई यस्तो निर्देशन दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्र अनुसार प्रचलित मापदण्ड बमोजिम अस्पतालहरुमा उपचारका लागि आउने विपन्न, असहाय तथा वेवारिसे बिरामीहरुका लागि कुल शैयाको १० प्रतिशत शैया छुटाई निःशुल्क उपचार अनिवार्य रुपमा गराउन सूचनामा भनिएको छ । यस्तै उपलब्ध सेवाहरुको विवरण तथा लाग्ने शुल्क समेत खुलाएको वडापत्र देखिने गरि संस्थाको अग्रभागमा राख्न मन्त्रालयले आग्रह गरेको छ ।
जनस्वास्थ्य सेवा नियमावली दफा १२ को उपदफा (२) बमोजिम मन्त्रालय वा मातहतका निकायबाट सञ्चालन अनुमति लिएका एवं नविकरण गरिएका स्वास्थ्य संस्थाबाट प्रचलित कानुन र मापदण्डका भएका उपचार तथा सम्पूर्ण सेवाहरु अनिवार्य कार्यान्वयन गर्नुपर्ने सूचनामा उल्लेख छ ।
प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सबै गरिब तथा विपन्न नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए । उहाँले हुँदा खाने वर्गलाई स्वास्थ्य सेवाको पहुँचबाट बन्चित हुनुपर्ने अवस्था आउन नदिने प्रतिवद्धता समेत जनाउनुभयो ।
यसैबीच मन्त्रालयले प्रदेशभित्रका सर्पदंश उपचार केन्द्रहरुमा एन्टि स्नेक भेनमको आवश्यक मौज्दात व्यवस्थापनका लागि स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई निर्देशन दिएको छ । यस्तै मन्त्रालयले एन्टि स्नेक भेनम अभाव नहुने गरि व्यवस्थापन गर्न सर्पदंश उपचार केन्द्रहरुलाई पत्रचार गर्ने निर्णय पनि गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11