निर्वाचन २४ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा ‘तामाङ भाषा प्रशिक्षण’ सुरु, ब्राम्हण समुदायका ६ जना

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते
- ADVERTISEMENT -

–सुरेश थिङ
चितवन । तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनको आयोजनामा सात दिने ‘तामाङ भाषा प्रशिक्षण’ सुरु भएको छ । ‘तामाङ भाषा प्रशिक्षण’ भरतपुरस्थित जिल्ला समन्वय समिति चितवनको सभाहलमा शनिबारबाट सुरु भएको संघका जिल्ला अध्यक्ष बबिलाल तामाङले जानकारी दिए ।
भरतपुर महानगरपालिकाका संस्कृति पर्यटन तथा सम्पदा संरक्षण समितिका शाखा प्रमुख मधुराम दवाडीले ब्यानर वाचन गरी कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका दुवाडीले तामाङ भाषा प्रशिक्षणले समुदायमा भाषाको जगेर्नामा बल पुग्ने बताए ।
भरतपुर महानगरपालिकाले समन्वय गर्ने अवसर प्राप्त भएकोमा भाषा प्रवर्द्धनमा जोड पुगेको उनको भनाइ थियो । जनजातिको उत्थानका लागि महानगरपालिकाले यस किसिमको कार्यक्रममा सहयोग गर्दै आएको उनले बताए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका सह–सचिव एवम् तामाङ पत्रकार संघका केन्द्रीय सचिव उर्गेन तामाङ, नेपाल तामाङ घेदुङ चितवन जिल्ला अध्यक्ष बाबुराम थिङ्ग, नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष रामबहादुर भुजेल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ चितवनका अध्यक्ष रमेश राना, पाख्रिन तामाङ समाज चितवन अध्यक्ष ज्ञानबहादुर पाख्रिन, भरतपुर नगर तामाङ समाजका अध्यक्ष पासाङ तामाङ, क्रान्तिकारी पत्रकार संघ चितवनका अध्यक्ष प्रेम प्रसाद कडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै तालिमले तामाङ समुदायमा भाषा संस्कृति साहित्य जगेर्ना गर्ने उद्देश्यले महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ चितवनका उपाध्यक्ष नरजंग तामाङ, सचिव सन्देश घलान, मत्स्य व्यवसायी संघ चितवनका सचिव लुलराज तामाङ, पत्रकारहरु सूर्य प्रकाश कडेल, राजेश बाबु घिमिरे, कमला गुरुङ, सबिता दरै, चितवन डान्स सेन्टरका प्रबन्ध निर्देशक रेनु तामाङ लगायतको उपस्थिति थियो ।
तालिममा अधिवक्ता अजयकुमार तामाङ भाषा प्रशिक्षणका प्रशिक्षक रहेका छन् भने शनिबारबाट नै सुरु भएको छ भने जेष्ठ २७ गतेबाट सुरु भएको उक्त तालिम असार १ गतेसम्म चल्नेछ । तालिममा ६ जना ब्राम्हण समुदायसहित करिब ६० जनाको सहभागिता रहेको छ ।
कार्यक्रम संघका अध्यक्ष बबिलाल तामाङको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन तुलमान गुरुङले गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
171.06
171.77
UK Pound Sterling
1
197.07
197.89
Swiss Franc
1
186.61
187.38
Australian Dollar
1
101.57
101.99
Canadian Dollar
1
105.82
106.26
Singapore Dollar
1
113.88
114.35
Japanese Yen
10
9.21
9.25
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.71
39.88
Thai Baht
1
4.60
4.61
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
16.04
16.11
Danish Kroner
1
22.90
22.99
Hong Kong Dollar
1
18.53
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.98
385.57
Omani Rial
1
376.02
377.58