चितवन / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) चितवन जिल्ला क्षेत्र नं. १ मा दुई सय बढी संख्यामा पार्टी प्रवेश गरेका छन् । शनिबार राप्ती ८ खुरखुरेमा आयोजित अगुवा कार्यकर्ता भेला प्रशिक्षण कार्यक्रममा सो संख्यामा प्रवेश गरेको नेकपा एसका प्रचार कमिटीका संयोजक हरि अधिकारीले जानकारी दिए ।

नेकपा एसका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र पाण्डेले दोश्रो पटक जननिर्वाचित राप्ती ७ की वडाअध्यक्ष सुमिता डल्लाकोटी, अमृत खानेपानी तथा उपभोक्ता संरक्षण मंचका अध्यक्ष गंगासिंह घले, एमालेसहित दुई सय बढी संख्यामा टिका र खादा ओढाई पार्टी प्रवेश गराएका हुन् ।
राप्ती ७ की वडाअध्यक्ष डल्लाकोटी पहिलो पटक एमालेबाट विजयी भएकी थिइन् भने दोश्रो पटक २०७९ को स्थानीय निर्वाचनमा बागी उमेदवारीबाटै दोश्रो पटक वडाअध्यक्ष बन्न सफल भएकी हुन् । जनसमुदायमा राम्रो पहिचान बनाएकी डल्लाकोटी राप्ती ७ मा बलियो उमेदवारको रुपमा परिचित छिन् । समाज सेवामा राम्रो पहिचान बनाएकी उनी दोश्रो पटक बागीमै सहजै विजयी भएकी हुन् ।
कार्यक्रममा नेकपा एसका स्थायी कमिटी सदस्य हरि पराजुली, जिल्ला इन्चार्ज कृष्ण खनाल, जिल्ला अध्यक्ष अरुणपीडित भण्डारी, राप्ती नगरपालिका मेयर शमशेर लामालगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन एसका जिल्ला सचिव कुलप्रसाद लामिछानेले गरेका थिए ।
- ADVERTISEMENT -


















































