चितवन / असार १५ अर्थात् दही चिउरा खाने दिन । असार १५ गते आज (शुक्रबार) देशभर धान दिवस मनाइँदै छ । प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउने प्रचलन छ ।
धान दिवस वर्षको पहिलो दिनबाट नै धान राप्न सुरु गर्ने परम्परा छ । मानो रोपेर मुरी फलाउने दिनको रुपमा पनि प्रख्यात आजको दिनमा धान रोप्नका लागि उपयुक्त मौसम सुरु भएको दिन मानिन्छ ।
आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि परिचित छ ।
खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । सरकारले २०६१ देखी हरेक वर्षको आजकै दिन राष्ट्रिय धान दिवसको रुपमा मनाउन थालिएको हो ।
देशैभर दहि चिउरा खाँदै, धान दिवस मनाइँदै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
