काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफैलाई अपराधी घोषणा गरेका छन् ।
सामाजिक सञ्जालहरुमा सर्वोच्च अदालतबाट जारी भएको तारेख पर्चाको तस्बिर राख्दै मेयर साहले आफू आजबाट तारेखमा रहेको उल्लेख गरेका हुन् ।
मेयर बालेन्द्रले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू ‘अपराधी’ हुन पुगेको उल्लेख गर्दै भारतले प्रधानमन्त्री बनाउँछ भन्दा प्रधानमन्त्री (प्रचण्ड) ले छुट पाएको उल्लेख गरेका छन् ।
‘आज एउटा विशेष दिन, आजबाट म तारेखमा छु,’ उनले सामाजिक संजालमा लेखेका छन्, ‘भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो। भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा म आजबाट अपराधी।’
बालेनले भारतले बनाएको चलचित्र आदिपुरुषमा सीतालाई भारतकी छोरी भनेर प्रस्तुत गरिएपछि उनले काठमाडौँ महानगरभित्र हिन्दी चलचित्र चलाउन नै प्रतिबन्ध लगाएका थिए । त्यसविरुद्ध हलवालाहरुले उजुरी गरेपछि अहिले उनले तारिख धाउन थालेका छन् ।

- ADVERTISEMENT -

















































