मकवानपुर / मकवानपुर ट्राफिक प्रहरीले एक वर्षको अवधिमा ३ करोड ६९ लाख ६७ हजार राजस्व संकलन गरेको जनाएको छ । आर्थिक वर्ष २०७९/०८० को साउनदेखि असार मसान्तसम्ममा उक्र रकमको राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले जानकारी दिए ।
उनका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट सो रकम बराबरको राजस्व संकलन भएको हो । ट्रक, बस, कार, जिप, भ्यान, ट्याक्टर, मोटरसाइकल, टेम्पो तथा अन्यसहित ४७ हजार ८९९ सवारी साधन कारबाहीबाट सो रकम संकलन भएको हो ।
आव २०७९÷०८० मा ९ हजार ३०९ ट्रक कारबाहीबाट ८१ लाख ५७ हजार, ५ हजार ३९३ बस कारबाहीबाट ४३ लाख ९२ हजार ५ सय, १० हजार ११२ कार, जिप र भ्यान कारबाहीबाट ७६ लाख ८४ हजार, १ हजार ६४४ ट्याक्टर कारबाहीबाट ११ लाख ५९ हजार ५ सय, १३ हजार ३२७ मोटरसाइकल कारबाहीबाट ९७ लाख ६६ हजार ५ सय र ८ हजार ११४ टेम्पो (अन्य) कारबाहीबाट ५८ लाख ७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख आचार्यले बताए ।
मकवानपुरमा साढे ३ करोड बढीको राजस्व संकलन
July 21, 2023

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
