मकवानपुर / सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन कार्य शुक्रबारदेखि बन्द भएको छ । सिमेन्ट उत्पादनको लागि आगो बाल्ने भट्टिमा प्रयोग हुने क्लिङ्करमा समस्या देखिएपछि उत्पादन कार्य बन्द गरेको उद्योगका नायब महाप्रबन्धक एवम् प्रवक्ता नवीनकुमार कर्णले जानकारी दिए ।
करिब दुई हप्ताभित्रै आगो बाल्ने भट्टिमा जडान गरिएको उपकरण (क्लिङ्कर) को मर्मत सम्हार गरेर पुनः उत्पादन कार्य सुरु गर्ने लक्ष्य रहेको प्रवक्ता कर्णले बताए । उनका अनुसार, उद्योग व्यवस्थापनले बोलपत्र आह्वानमार्फत बाह्ेय मुलुकबाट गुणस्तरीय कोइला ल्याउने कार्य भइरहेको छ ।
अहिले हेटौंडा सिमेन्ट उद्योगको भण्डारणमा हेटौंडा सिमेन्ट उद्योगमा अहिले २ लाख ५० हजार बोरा सिमेन्ट रहेको र त्यसलाई हेटौंडा, काठमाडौं, पोखरा, भैरवा, विराटनगरलगायत विभिन्न शहरहरुमा सिमेन्टको आपूर्ति गरिरहेको सो उद्योगका प्रवक्ता कर्णले बताए ।
सिमेन्ट उद्योगको क्लिङ्करमा समस्या, उत्पादन कार्य बन्द
July 22, 2023

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
