चितवन / रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र रोटरी क्लब अफ रत्ननगरको संयुक्त आयोजनामा शनिबार निःशुल्क बृहत् मुटुरोग शिविर सम्पन्न भयो । नेपाल माविको प्राङ्गणमा भएको शिविरमा ५१७ जनाले सेवा लिएका हुन् । सेवा लिने मध्ये २७५ जना महिला र २४२ जना पुरुष रहेका छन् । शिविरमा ४३५ जनाको ईसिटी र ३१८ जनाको ईको गरिएको छ ।
शिविरमा भरतपुर अस्पताल, बकुलहर रत्ननगर अस्पताल, औषधि व्यवसायी संघ जिल्ला शाखा चितवन र बास्तोला सर्जिकलले सहयोग गरेका थिए । खानेपानी संस्थाका अध्यक्ष माधव अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख प्रल्हाद सापकोटाले यस्ता शिविर कार्यक्रम समय समयमा गर्नुपर्ने बताउनुभयो ।
रोग लागिसकेपछि मात्रै उपचारका लागि जाने मानसिकता हुने भन्दै उहाँले शिविरबाट रोग पहिचान र उपचारमा सहज हुने बताउनुभयो । रोटरी क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा निवर्तमान नगरप्रमुख नारायण वन, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. विजयराज न्यौपाने, रोटरी क्लब जोन ३६ का एजी दिनुप बराल, खानेपानी संस्था र रोटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो । शिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो ।
- ADVERTISEMENT -

रत्ननगरमा दुई संस्थाको निःशुल्क बृहत् मुटुरोग शिविर

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.71
149.31

European Euro
1
175.08
175.78

UK Pound Sterling
1
201.08
201.89

Swiss Franc
1
190.39
191.15

Australian Dollar
1
106.45
106.88

Canadian Dollar
1
108.65
109.09

Singapore Dollar
1
117.00
117.47

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.81
21.90

Saudi Arabian Riyal
1
39.65
39.81

Qatari Riyal
1
40.80
40.96

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.49
40.65

Malaysian Ringgit
1
37.62
37.78

South Korean Won
100
10.11
10.15

Swedish Kroner
1
16.25
16.32

Danish Kroner
1
23.43
23.52

Hong Kong Dollar
1
18.99
19.07

Kuwaity Dinar
1
485.43
487.38

Bahrain Dinar
1
394.30
395.89

Omani Rial
1
386.25
387.81












