भ्रष्टाचार एउटा जटिल रोग हो । यसको निदान इमान्दार र स्वच्छ राजनीतिक नेतृत्वको सरकार, सुदृढ सार्वजनिक प्रशासन संयन्त्र र विधिको शासनबाट मात्र सम्भव हुन्छ । सरकारको नेतृत्व इमान्दार उसका मातहतका मन्त्रिपरिषद् इमान्दार बन्न सक्छन् । सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी बनाउन सकिए सुशासन कायम हुन्छ । अनि नियमविपरीत काम गर्ने जोसुकै होस् ऐन, नियम कानुन सबैका लागि बराबर हो भन्ने विधिको शासन स्थापित हुन सक्यो भने भ्रष्टाचार न्यूनीकरण गर्न सकिन्छ । विश्वमा भ्रष्टाचार गर्ने मुलुकको सूचकांकमा हाम्रो देश ११०औँ स्थानमा छ । वार्षिक बजेटभन्दा धेरै अर्थात् २१ खर्ब त हाम्रो विदेशी ऋण नै छ । विदेशी ऋणमा पूर्वाधार बनाउनुपर्ने बाध्यता हामीकहाँ छ । बर्सेनि १२ खर्ब रेमिट्यान्स विदेसिएका नेपालीले पठाउँछन् त्यसैमा दुई खर्ब आन्तरिक ऋण थपेर १४ खर्ब बढीको सामान विदेशी मुलुकबाट आयात गर्छौं । दुर्भाग्य कुरा, कुनै पनि कुरामा हामी आत्मनिर्भर बन्न सकेका छैनौँ ।
नेपालमा कुनै क्षेत्र बाँकी छैन कि भ्रष्टाचार र अनियमितता नभएको होस् । भ्रष्टाचारमा कीर्तिमान कायम गरेको देशमा आशावादी हुने अवस्था कहीँकतै छैन । शिक्षित जनशक्ति, सीप भएका जनशक्ति र केही सम्भावना भएका जनशक्ति विदेश पलायन भइसके । यहाँ पढ्दै गरेका विद्यार्थीहरु १२ कक्षा पास गरेपछि बिदेसिने लक्ष्य बोकिरहेका छन् । सयौँ उद्योग, कलकारखाना बन्द भइसके बचेखुचेका पनि बन्द हुने अवस्थामा पुगेका छन् । सरकार समृद्धिको आशाखेती गरिरहेको छ । यद्यपि यतिबेला सरकारले भ्रष्टाचारविरुद्ध जुन कदम अघि बढाएको छ, त्यसको सर्वत्र प्रशंसा भएको छ । प्रचण्ड नेतृत्वको सरकार र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको फाइल खोल्दै जाने र जोसुकै संलग्न भए पनि कारबाहीको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता गरेबाट जनतामा आशाको सञ्चार गराएको छ । सरकार जनभावनाको कदर गर्दै अगाडि बढ्दै गएको पछिल्ला प्रकरणहरु मिटरव्याजी प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, राजस्व छली प्रकरण, पशुपतिनाथको मन्दिरमा जलहरी प्रकरण, ललिता निवास जग्गा प्रकरण र एकसय किलो सुन प्रकरणमा देखाएको चासो र अनुसन्धानबाट अनुभूति गर्न सकिन्छ ।
सरकार जनताकै प्रतिबिम्ब हो । जनताको भावनालाई कदर गर्दै अघि बढ्दै मुलुकमा झाँगिएको आर्थिक अनियमितता, भ्रष्टाचार, अधिकारको दुरुपयोग र दण्डहीनताको स्थितिका विरुद्ध सरकारले चाल्ने कदमबाटै सफलता वा असफलता भन्ने झल्किन्छ । नेपालमा ‘ठूला माछा उम्कने र साना माछा पक्राउ पर्ने’ भन्ने धारणा विकसित भइरहेको अवस्थामा नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका उच्चपदस्थ व्यक्तिसमेत अनुसन्धानमा तानिएबाट सरकारप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । यद्यपि पक्राउ परेका व्यक्तिहरु दोषी भए, नभएको कुरा अदालतले फैसला गर्ने विषय हो । भ्रष्टाचारको कुनै जात, लिङ्ग वा राजनीतिक रूप हुँदैन । यो सबैको साझा सत्रु हो । भ्रष्टाचारमा संलग्न व्यक्तिहरुलाई कारबाही
गरिनैपर्छ र यसमा हरेक नेपालीको साथ र सहयोग हुनुपर्छ । सरकार सुशासनको अभियानमा लागेको बेला हामीले पनि नागरिकको दायित्वबाट विचलित नभई कोही निर्दोष नफसून् र कोही पनि दोषी उम्कन नपाओस् भन्ने सोचका साथ सरकारको कदमलाई समर्थन गर्नुपर्छ । ता कि सरकारले ओम्नी, यति, सेक्युरिटी प्रेस खरिद प्रकरण, राजस्व छलीजस्ता थुप्रै भ्रष्टाचारका फाइल खोल्न सकोस् ।
- ADVERTISEMENT -

भ्रष्टाचारविरुद्ध सरकारको कदम

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

‘वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन’

‘नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौ’

लामो बिदाका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन

सत्ताको शक्तिको भरमा विपक्षलाई निमिट्यान्न पार्न खोज्नु लोकतान्त्रिक हैन – पूर्वप्रधानमन्त्री कार्की

तनहुँका अंकित कविता प्रतियोगितामा प्रथम
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36








