April 26, 2025

आदर्श नारीको त्रिवर्षीय रणनीतिक योजना तर्जुमा गोष्ठी

August 13, 2023
- ADVERTISEMENT -

चितवन / आदर्श नारी विकास केन्द्र भरतपुरले त्रिवर्षीय रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । उक्त गोष्ठी कविलासमा साउन २६ र २७ गते दुई दिनसम्म सञ्चालन भएको केन्द्रका अध्यक्ष उषा खरेल सुवेदीले जानकारी दिए ।

गोष्ठीमा संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, कर्मचारी, सलाहकारसहित २५ जनाको सहभागिता रहेको थियो । गोष्ठीले आगामी ३ वर्षको कार्ययोजना लक्ष्यसहितको कार्यक्रम तय गरेको हो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख श्री शान्ताकुमारी पौडेल, संस्थाका सल्लाहकार एव् डा नम्रता पाण्डे, सल्लाहकार श्री बिदुर केसी, पूर्व अध्यक्ष मीना खरेल, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारीले सहजीकारण गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष उषा खरेल सुवेदीको सभापतित्वमा सम्पन्न भएको हो भने संचालन सचिव सरिता पाठकले गरेका थिए ।
विस २०४९ सालमा स्थापना भएको उक्त संस्थाले महिला तथा बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको छ ।

- ADVERTISEMENT -