चितवन / तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनले २९औं तामाङ प्रसारण दिवस मनाएको छ । वार्षिक कार्यक्रम अन्तर्गत भरतपुरमा शुक्रबार २९औं तामाङ प्रसारण दिवस मनाएको संघका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए ।
कार्यक्रममा तामाङ पत्रकार संघका संघीय सचिव तथा कार्यक्रमका प्रमुख अतिथि उर्गेन तामाङले ब्यानर वाचन गरेर उद्घाटन गरेका हुन् । प्रमुख अतिथि तामाङले जिल्ला शाखा चितवन छोटा पटका बडा धमाकाको संज्ञा दिएका छन् ।
संघ स्थापना कालदेखि निरन्तर वार्षिक कार्यक्रम सँगसँगै थप नौलो कार्यक्रम गर्दै आएकोले भावी दिनमा पनि यो टिम अझ बढी सशक्त हुँदै अगाडि बढ्ने उनको भनाइ थियो । उनले संघीय समितिबाट आवश्यक पर्ने जुनसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका उपाध्यक्ष राजेश रुम्बाले जनजाति पत्रकारहरु पछिल्लो समय मिडियामा घट्दै गएको बताए । पछिल्लो समय मिडिया हाउस धरासायी बन्दै जानु राज्यले तोकेको पारिश्रमिक दिन नसक्नु यसको मुख्य कारण भएको उनको भनाइ थियो ।
विसं २०५१ साल भाद्र १ गते रेडियो नेपालमा तामाङ भाषाको कार्यक्रम संचालन भएको हो भने सोही समयदेखि तामाङ पत्रकार संघले केन्द्रदेखि जिल्लासम्म तामाङ प्रसारण दिवस मनाउँदै आएको छ । प्रसारण दिवसलाई चाडपर्वको रुपमा पनि लिँदै आएको संघले जनाएको छ ।
कार्यक्रमका सभापति तथा संघका अध्यक्ष बबिलाल तामाङले जनजातिलाई मिडियामा टिकाउन मुश्किल परेको बताए । मिडियामा जनजातिलाई टिकाई राख्न राज्यले नै पहल गर्नुपर्ने उनको जिकिर थियो ।
उनले तामाङ समुदायलाई लक्षित कार्यक्रम ‘तामाङ भाषा प्रशिक्षण’ पुनः संचालनको लागि पहल गर्ने बताए । यसअघि सम्पन्न कार्यक्रम प्रभावकारी भएको र प्रशिक्षार्थीहरुबाट पुनः गर्नुपर्ने माग भएकाले निकट भविष्यमा ‘तामाङ भाषा प्रशिक्षण’लाई निरन्तरता दिन लागिएको उनले भने ।
कार्यक्रममा संघका सहसचिव सन्तोष तामाङले स्वागत मन्तव्य दिएका थिए भने अन्य सदस्य युवक तामाङ, तामाङ भाषाका प्रशिक्षार्थीहरु हेमा तामाङ र सन्चिता तामाङले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम संघका अध्यक्ष बबिलाल तामाङको सभापतित्वमा सम्पन्न भएको हो भने सचिव प्रकाश तामाङले संचालन गरेका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

२९औं तामाङ प्रसारण दिवस, ‘छोटा पटका बडा धमाका’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.21
154.81

European Euro
1
175.64
176.32

UK Pound Sterling
1
205.38
206.18

Swiss Franc
1
188.87
189.60

Australian Dollar
1
107.82
108.24

Canadian Dollar
1
109.53
109.95

Singapore Dollar
1
119.45
119.92

Japanese Yen
10
9.42
9.46

Chinese Yuan
1
22.77
22.86

Saudi Arabian Riyal
1
41.08
41.24

Qatari Riyal
1
42.30
42.46

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.99
42.15

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
10.54
10.59

Swedish Kroner
1
15.86
15.92

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.67
19.74

Kuwaity Dinar
1
501.01
502.96

Bahrain Dinar
1
408.99
410.58

Omani Rial
1
400.53
402.09













