कास्की / कास्कीको रुपा गाउँपालिका–६ निगालझाँप्रास्थित भित्रीसडकमा सवारी दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ ।
पोखरा महानगरपालिका–३२ बाट रुपातालतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००९प ५२०५ नम्बरको मोटरसाइकल शनिबार साँझ अन्दाजी ८०–९० मिटर तल खसी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।
दुर्घटनामा परेर ज्यान गुमाउनेहरुमा लमजुङको दूधपोखरी गाउँपालिका–६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनालगत्तै घाइतेलाई इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको हो ।
दुर्घटनाको कारणबारेमा अनुसन्धान भइरहेको जनाइएको छ ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
August 20, 2023

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
