Opens in a new tab
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पोर्चुगलमा दुई दिनमा दुई नेपालीको मृत्यु

प्रकाशित मिति : २०८० भाद्र ३ गते
File photo.

पोर्चुगल / युरोपेली मुलुक पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको मृत्यु भएको छ । एक युवाले चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा मृत फेला परेको हो ।

राजधानी लिस्बनस्थित सेतेरियोस बस्दै आएका झापाको गौरादह नगरपालिका–३ का ३१ वर्षीय अजय थापाले बिहीबार साँझ चार तलामाथि घरको झ्यालबाट हामफालेर आत्महत्या गरेको गैरआवासीय नेपाली संघले पोर्चुगलले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

संघका अध्यक्ष उमेश खड्काले दिएको जानकारी अनुसार, थापाले के कारणले हामफालेर आत्महत्या गरेका हुन् भन्ने विषय खुलेको छैन । वैदेशिक रोजगारीका सिलसिलामा ६ वर्षअघि पोर्चुगल पुगेका थापा पछिल्लो समय खाना डेलिभरी गर्ने कम्पनी उबर इटमा काम गर्दै आएका थिए ।

परिवारसहित पोर्चुगल बस्दै आएका थापाको शव परीक्षणका लागि लिस्बनस्थित एक अस्पतालको शवगृहमा राखिएको उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

यस्तै, वैदेशिक रोजगारीका सिलसिलामा पाँच वर्षअघि पोर्चुगल पुगेका बागलुङको बडिगाड गाँउपालिका–१ का २८ वर्षीय टेकबहादुर दर्लामी मगर सुतेकै अवस्थामा मृत फेला परेका छन् । बेजास्थित जम्बुजिरा बस्दै आएका मगर बुधबार राति सुतेकै अवस्थामा मृत फेला परेको संघका अध्यक्ष खड्काले बताए ।

राति खाना खाएर सुतेका उनी बिहान नउठेपछि उनका साथीहरू उठाउन जाँदा ओछ्यानमै मृत अवस्थामा भेटिएका थिए । सकुशल सुतेका साथी मृत भेटिएपछि उनीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

मृतक मगर त्यहाँस्थित मारभिल्ला नामक कृषि कम्पनीमा कार्यरत थिए । उनको शव परीक्षणका लागि बेजा अस्पतालको शवगृहमा राखिएको उनले बताए । मगरको वृद्ध बुवा–आमा र श्रीमती नेपालमा रहेका छन् ।

निधन भएका दुवै नेपालीको शव नेपाल पठाउन मृतकका परिवारले आग्रह गरेका कारण सो विषयमा छलफल र आवश्यक तयारी भइरहेको संघका अध्यक्ष खड्काले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.05
173.72
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
186.06
186.79
Australian Dollar
1
107.90
108.32
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
120.62
121.09
Japanese Yen
10
9.76
9.79
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.12
41.28
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
42.06
42.22
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.57
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.06
410.64
Omani Rial
1
401.24
402.80