२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

हेलम्बु र मेलम्चीमा बाढीले विद्यालयमा क्षति, घरहरू उच्च जोखिममा

प्रकाशित मिति : २०८० भाद्र ८ गते

काठमाडौं / अबिरल वर्षाका कारण आएको बाढी र पहिरोले सिन्धुपाल्चोक जिल्लामा भौतिक क्षति पुर्याएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ ग्याल्थुमस्थित सरस्वती माविको चर्पि बगाएको छ । विद्यालय र वरपरका केही घरहरु उच्च जोखिममा परेका छन् । विद्यालय जोखिममा परेकाले आज पढाइ बन्द गरिएको प्रधानाध्यापक कुमार घोरासैनीले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी इन्सपेक्टर सन्जिव यादवले बाढी–पहिरोले विद्यालय र विद्यालय नजिक रहेका ४÷५ वटा घर उच्च जोखिममा रहेको जानकारी दिए । उनका अनुसार जोखिममा परेका विद्यालयका फर्निचर, घरका सामान र मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइहेको छ ।

हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लामिछानेले वर्षा नरोकिएकाले विद्यालयसहित ग्याल्थुम बजार नै जोखिममा परेको बताइन् । रासस

प्रहरीका अनुसार मेलम्ची–हेलम्बु सडक र अरनिको राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् । भोटेकोशी गाउँपालिकाको १० किलो भन्ने स्थानमा र बाह्रबिसे नगरपालिका–५ सिरिसेमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको उनले जानकारी दिए ।

स्थानीय पालिकाहरुको पहलमा सडक खुलाउने प्रयास भए पनि पानी परिरहेकाले सम्भव भएको छैन । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96