April 25, 2025

धरानमा निषेधाज्ञा : हिँडडुल र सामूहिक भेला हुन प्रतिबन्ध

August 26, 2023
File photo.
- ADVERTISEMENT -

धरान / धरानमा आज (शनिबार) निषेधाज्ञा जारी छ । सुनसरी जिल्ला सुरक्षा समितिको शुक्रबारको बैठकले धरानमा निषेधाज्ञा जारी गरेको हो ।

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै हिन्दु समर्थकहरूले शनिबार प्रदर्शनको तयारी गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

शुक्रबार राति १२ बजेदेखि आज राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको सुनसरीको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

धरानको मंगलबारेमा १५ दिन अगाडि गाई काटेर मासु खाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यसपछि हिन्दु समर्थकहरूले विरोध गर्दै आएका थिए । उनीहरूले गाईगोरु काट्न बन्द गर्नुपर्ने माग गर्दै प्रदर्शनको तयारी गरेका थिए ।

हिन्दु समर्थकहरूले प्रदर्शन गर्ने भएपछि धरानका पहिचानवादीहरुले प्रतिकार गर्ने कार्यक्रम राखेपछि सामाजिक सद्भाव भड्कने डरले जिल्ला प्रशासन कार्यालयले धरानमा हिँडडुल गर्न र सामूहिक रुपमा भेला हुन प्रतिबन्ध लगाएको हो ।

सामाजिक सद्भाव कायम गर्न र द्वन्द्वको वातावरण अन्त्य गर्न धरानका सबै राजनीतिक दलले अपिल समेत गरेका छन् ।

- ADVERTISEMENT -