चितवन / साप्ताहिक सञ्जाल नेपाल–चितवनको अध्यक्षमा सूर्य बराल निर्विरोध निर्वाचित भएका छन् । चितवनको भतेरीमा आज (शनिबार) सम्पन्न सञ्जालको पहिलो अधिवेशनबाट अध्यक्ष बरालको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा शान्ता अधिकारी, सहसचिवमा बबिलाल तामाङ र कोषाध्यक्षमा हरि कार्की ‘लक्की’ निर्वाचित भएका हुन् ।
- ADVERTISEMENT -
यस्तैगरी सदस्यहरुमा हरिप्रसाद उप्रेती ‘भुवन’ र नवीनबाबु मरहट्टा (सदस्य प्रवक्ता) निर्वाचित भएका छन् भने बाँकी दुई सदस्य कार्यसमितिको पहिलो बैठकबाट चयन गरिने नवनिर्वाचित अध्यक्ष बरालले जानकारी दिए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल कार्यक्रमका प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्रदेश सूचना पुनरावेदन समिति बागमती प्रदेशका अध्यक्ष हरि अधिकारी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युयिन नेपाल चितवनका अध्यक्ष अनिल ढकाल, साप्ताहिक सञ्जाल नेपाल–चिनवनका सल्लाहकार शान्ता अधिकारी (क), राजधानी आस्थाका संचालक नवराज ढकालले मन्तव्य दिएका थिए ।
साप्ताहिक सञ्जाल नेपाल–चितवनका अध्यक्ष टिकादत्त तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो । उनकै नेतृत्वमा २०७८ साल मंसिर ८ गते जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भएको हो ।