चितवन / इच्छाकामना गाउँपालिका–६ जलबिरेमा माछा बोकेको टाटा योद्धा गाडी दुर्घटना भएको छ । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गतको जरबीरेमा आज (बिहीबार) बिहान ८ बजेतिर माछा बोकेको टाटा योद्धा गाडी पल्टिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
प्रहरीका अनुसार लु३च २६४७ नम्बरको गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाइते भएका चालक बर्दघाट ९ नवलपरासी निवासी वर्ष २३ को उमेश थारु सामान्य घाइते भएका छन् ।