मकवानपुर / सिमान्तकृत चेपाङ समूदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा बागमती प्रदेश सरकारले आज (शुक्रबार) तीन जिल्लामा सार्वजनिक विदा दिएको छ ।
केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश सरकारले बागमतीको चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रवक्ता गंगानारायण श्रेष्ठले बताए ।
बसोबासका आधारमा मकवानपुर, चितवन र धादिङमा चेपाङ समूदायको बाहुल्यता रहेकोले सो जिल्लाहरुमा विदा दिइएको उनले बताए । यस पर्वको अवसरमा राक्सिराङ गाउँपालिकाले भने दुई दिन सार्वजनिक विदा दिएको छ ।