April 30, 2025

चेपाङको ‘न्वागी’ पर्वमा राप्ती नगरपालिकाको शुभकामना

September 8, 2023
- ADVERTISEMENT -

चितवन / राप्ती नगरपालिकाले चेपाङ्ग समुदायको महान पर्व ‘न्वांगी’को अवसरमा शुभकामना व्यक्त गरेको छ । राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ‘न्वांगी’को अवसरमा चेपाङ लगायत सम्पूर्ण राप्ती नगरवासीमा शुभकामना व्यक्त गरेका हुन् ।

नगर प्रमुख लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा, ‘हामी नेपाली त्यसमा पनि विभिन्न जातधर्म र परम्परा रितीरिवाज मान्दै आइरहेका छौं । यसकारण सबै समुदायको धर्म र संस्कृती हामीलाइ स्वीकार्य र हाम्रो गहना हो ।’ भनिएको छ ।

न्वागी पर्वमा चेपाङ्ग समुदायले पितृलाइ मान्ने, नयाँ अन्नवाली भित्र्याउने तथा आफ्नो जातिय अस्तित्वको रुपमा मान्दै आएको दिनको रुपमा लिइन्छ । चेपाङ समुदायमा सबै एकजुट भइ न्वागी पर्व मनाउने प्रचलन रहेको छ ।

‘राप्ती नगरपालिकाभित्र चेपाङ समुदायको उन्नति र यसको विकासमा धेरै प्रयत्न गर्नुपर्ने देखिएको छ । अझै पनि शिक्षा र जनचेतनामा कमी रहेको छ । अवसर र शिपको मात्र होइन सबैभन्दा पहिले चेतनाको विकासमा स्थानीय सरकार लागि परेको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच सिमान्तकृत चेपाङ समूदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा बागमती प्रदेश सरकारले आज (शुक्रबार) तीन जिल्लामा सार्वजनिक विदा पनि दिएको छ ।

बसोबासका आधारमा मकवानपुर, चितवन र धादिङमा चेपाङ समूदायको बाहुल्यता रहेकोले सो जिल्लाहरुमा विदा दिइएको बागमती प्रदेश सरकारले जनाएको छ । राक्सिराङ गाउँपालिकाले भने दुई दिन सार्वजनिक विदा समेत दिएको छ ।

- ADVERTISEMENT -