२०८३ बैशाख १६, बुधबार
April 29, 2026
२०८३ बैशाख १६, बुधबार
April 29, 2026 Wednesday
- ADVERTISEMENT -

चेपाङको ‘न्वागी’ पर्वमा राप्ती नगरपालिकाको शुभकामना

प्रकाशित मिति : २०८० भाद्र २२ गते

चितवन / राप्ती नगरपालिकाले चेपाङ्ग समुदायको महान पर्व ‘न्वांगी’को अवसरमा शुभकामना व्यक्त गरेको छ । राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ‘न्वांगी’को अवसरमा चेपाङ लगायत सम्पूर्ण राप्ती नगरवासीमा शुभकामना व्यक्त गरेका हुन् ।

नगर प्रमुख लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा, ‘हामी नेपाली त्यसमा पनि विभिन्न जातधर्म र परम्परा रितीरिवाज मान्दै आइरहेका छौं । यसकारण सबै समुदायको धर्म र संस्कृती हामीलाइ स्वीकार्य र हाम्रो गहना हो ।’ भनिएको छ ।

- ADVERTISEMENT -

Advertisement

न्वागी पर्वमा चेपाङ्ग समुदायले पितृलाइ मान्ने, नयाँ अन्नवाली भित्र्याउने तथा आफ्नो जातिय अस्तित्वको रुपमा मान्दै आएको दिनको रुपमा लिइन्छ । चेपाङ समुदायमा सबै एकजुट भइ न्वागी पर्व मनाउने प्रचलन रहेको छ ।

‘राप्ती नगरपालिकाभित्र चेपाङ समुदायको उन्नति र यसको विकासमा धेरै प्रयत्न गर्नुपर्ने देखिएको छ । अझै पनि शिक्षा र जनचेतनामा कमी रहेको छ । अवसर र शिपको मात्र होइन सबैभन्दा पहिले चेतनाको विकासमा स्थानीय सरकार लागि परेको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच सिमान्तकृत चेपाङ समूदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा बागमती प्रदेश सरकारले आज (शुक्रबार) तीन जिल्लामा सार्वजनिक विदा पनि दिएको छ ।

बसोबासका आधारमा मकवानपुर, चितवन र धादिङमा चेपाङ समूदायको बाहुल्यता रहेकोले सो जिल्लाहरुमा विदा दिइएको बागमती प्रदेश सरकारले जनाएको छ । राक्सिराङ गाउँपालिकाले भने दुई दिन सार्वजनिक विदा समेत दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
176.57
177.27
UK Pound Sterling
1
203.55
204.36
Swiss Franc
1
191.16
191.92
Australian Dollar
1
108.13
108.56
Canadian Dollar
1
110.46
110.90
Singapore Dollar
1
118.18
118.65
Japanese Yen
10
9.45
9.49
Chinese Yuan
1
22.08
22.17
Saudi Arabian Riyal
1
40.25
40.41
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.10
41.26
Malaysian Ringgit
1
38.20
38.35
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.28
16.34
Danish Kroner
1
23.63
23.72
Hong Kong Dollar
1
19.26
19.34
Kuwaity Dinar
1
492.72
494.68
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
392.12
393.68