April 22, 2025

नेपाल तामाङ घेदुङ कालिका नगरको अध्यक्षमा पवित्रा लामा

September 16, 2023
- ADVERTISEMENT -

चितवन / नेपाल तामाङ घेदुङ कालिका नगर समिति चितवनको अध्यक्षमा पवित्रा लामा निर्विरोध निर्वाचित भएका छन् । कालिका नगर समिति घेदुङको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनबाट अध्यक्ष लामाको नेतृत्वमा एघार सदस्यीय कार्य समिति चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा विवेक तामाङ, महिला उपाध्यक्षमा शर्मिला घलान, सचिवमा नवराज घलान, सहसचिवमा अरुण स्याङतान, कोषाध्यक्षमा हरिवंश लामा निर्वाचित भएका छन् ।

यस्तैगरी सदस्यहरुमा निरज मोक्तान, विष्णुबहादुर तामाङ, रमेश तामाङ, सञ्चलाल वाइवा चयन भएका हुन् । बाँकी एकजना सदस्य कार्यसमितिको पहिलो बैठकबाट मनोनित गरिने नवनिर्वाचित अध्यक्ष पवित्रा लामाले जानकारी दिइन् ।

नेपाल तामाङ घेदुङ बागमती प्रदेशका अध्यक्ष लीलाकुमार घलान कार्यक्रमको प्रमुख अतिथि रहेको थियो । प्रमुख अतिथि घलानले दियो प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष बाबुलाल थिङ, कालिका नगरपालिका उपमेयर विमला तामाङ लगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -