April 19, 2025

एम्बुलेन्सको प्रयोग गरी गाँजा ओसारपसार

September 28, 2023
- ADVERTISEMENT -

विराटनगर / गाँजा ओसारपसारमा प्रयोग भएको एम्बुलेससहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विराटनगर महानगरपालिका– १८ लाभाघाटबाट गाँजा बोकेको को १ च ४६१९ नम्बरको एम्बुलेन्स र चालक धरान उपमहानगरपालिका– ११ का ३८ वर्षीय गंगा सरकारलाई मंगलबार राति नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ ।

उक्त एम्बुलेन्स नेपालकै अग्ला व्यक्ति राजन अधिकारीको नाममा धरानमा स्थापित फाउण्डेसनले संचालन गर्दै आएको थियो ।

प्रहरीका अनुसार, मंगलबार राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा एम्बुलेन्सको डिकीमा राखिएको २१.५ किलो गाँजा बरामद गरेको थियो ।

प्रहरीले सोही स्थानबाट भारतीय नम्बर प्लेट बीआर ३८ एएफ ०३३६ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

दुबै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ ।

- ADVERTISEMENT -