२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026
२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026 Monday
- ADVERTISEMENT -

चितवनमा चाडपर्व लक्षित गरी सवारीको गति मापन

प्रकाशित मिति : २०८० आश्विन १५ गते
file photo.

चितवन / चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आइतबार गति मापन काम सुरु गरेको हो ।

कार्यालयका प्रमुख सुरेश सुवेदीले राडर गन (तीव्र गति मापन यन्त्र) द्वारा गति मापन सुरु गरिएको बताए । पूर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुरको टिकौली जङ्गलमा र नारायणगढ–मुग्लिन सडक खण्डमा यही असोज १० गतेदेखि गति मापन सुरु गरिएको उनको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

अनुगमनका क्रममा हालसम्म ४६ वटा सावरी साधन चालकलाई कारबाही गरिएको कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए । जिल्लामा विसं २०७२ मा पहिलो पटक राडर गनमार्फत सवारीको गति मापनको काम सुरु गरिएको थियो ।

उनका अनुसार प्रतिघण्टा ४० किलोमिटरभन्दा छिटो गतिमा सवारी चलाएको पाइए कारबाही गर्ने गरिएको छ । चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ४१ वटा सवारी दुर्घटना भइसकेका छन् । ती दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने एक सय सात जना घाइते भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

कार्यालयको तथ्याङ्कअनुसार पूर्व–पश्चिम राजमार्गमा १३ वटा, नारायणगढ–मुग्लिन सडकमा सातवटा, पृथ्वी राजमार्गमा दुई वटा, सहरी सडक खण्डमा तीन वटा र भित्री सडकमा १६ वटा दुर्घटना भएका छन् । यी सडक दुर्घटनामध्ये तीव्र गतिका कारण दुर्घटना बढी भएको सुवेदीले बताए । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36