चितवन / समाजसेवी टंकनाथ पौडेल अन्तराष्ट्रिय समतरा मन्च दयालपुर दिल्लीको सल्लाहकार वोर्ड सदस्यमा मनोनित हुनुभएको छ । देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष पौडेल दुई दशकदेखि शान्ति अहिंशा एवं मानवताको क्षेत्रमा अन्तराष्ट्रिय रुपमा क्रियाशिल संस्थाको पौडेल सदस्य बन्नुभएको हो ।
अन्तराष्ट्रीय समरता मन्च विश्वको प्रवुद्ध व्यक्तिहरुको बैचारीक संगठन हो । जसले मानविय हितको लागि विशेष काम गर्दछ । मैयादेवी कन्या कलेजका सन्चालक समितिका अध्यक्ष समेत रहनुभएको पौडेललाई आज कलेजले एक कार्यक्रमका वीच बधाई तथा शुभकामना प्रकट गरेको छ । कलेजका अध्यक्ष अन्तराष्ट्रिय संस्थाको सदस्यमा मनोनित हुनु गौरवको विषय भएको बधाई कार्यक्रममा उपस्थितहरुको धारणा थियो ।
कार्यक्रममा कलेजका संरक्षक प्रेमकुमार श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा कलेजका प्रिन्सिपल, साहायक प्रिन्सिपल, वरिष्ठ प्राध्यापक एवं अन्य प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।