चितवन / चितवनका पत्रकार एवम् कथाकार वसन्त पराजुलीको अंग्रेजी कृति ‘ड्रिमी आइज’ प्रकाशनमा आएको छ । पराजुलीको यो तेस्रो पुस्तक हो । यसअघि उनका कुमाता र मोम्चो कथासङ्ग्रह प्रकाशित भैसकेका छन् ।
कुमाता र मोम्चो कथासङ्ग्रहका केही कथाहरूको अङ्ग्रेजी अनुवाद ड्रिमी आइजमा राखिएको पराजुलीले बताए । कथालाई भरत भट्टराई र मिलि जोशीले अनुवाद गरेका हुन् ।
- ADVERTISEMENT -

१७ वटा कथा समावेश ‘ड्रिमी आइज’को मूल्य ३९०÷– रुपैयाँ छ । पराजुलीका तीन वटै पुस्तकलाई भुँडीपुराण प्रकाशनले सार्वजनिक गरेको छ । गोरखापत्रका भरतपुर समाचारदातासमेत रहेका पराजुलीले सामाजिक विषयवस्तुमा कथा लेख्दै आइरहेका छन् ।


























