२०८३ बैशाख ३, बिहीबार
April 16, 2026
२०८३ बैशाख ३, बिहीबार
April 16, 2026 Thursday
- ADVERTISEMENT -

महँगी नियन्त्रण गर

प्रकाशित मिति : २०८० आश्विन २४ गते

आमनागरिकको चासोको विषय बनेको बजार मूल्य नियन्त्रणमा आउन नसकेको कारण उपभोक्ता वर्ग चिन्तित भएका छन् । खासगरी, खाद्यान्न र तरकारीको मूल्यमा भएको अप्रत्याशित वृद्धिले श्रमजीवी जनताको दैनिकीमा नकारात्मक प्रभाव परेको पाइएको छ । बजार अनुगमन गर्ने अख्तियार पाएको स्थानीय प्रशासनले मूल्य नियन्त्रणतर्फ भने खासै चासो देखाएको पाइँदैन । केही खाद्य पसल र होटलहरुमा छापा मारेर अखाद्य वस्तु नियन्त्रण गर्नेतर्फ केही प्रयास भएको भएता पनि मूल्यवृद्धि नियन्त्रण गर्नेतर्फ कुनै सक्रियता नदेखाउनु आफैँमा दुःख र चिन्ताको विषय बनेर रहेको छ । मूल्यवृद्धि हुनुको कारण स्पष्ट रुपमा खुलाउन नसके तापनि बजार नियन्त्रणभन्दा बाहिर गएको पाइन्छ । माग र आपूर्तिबीच सन्तुलन कायम हुन नसकेपछि मूल्यमा प्रत्यक्ष प्रभाव पर्ने अर्थशास्त्रीयको सिद्धान्त छ । तर, उत्पादन र वितरणबीचमा त्यस्तो असन्तुलन नभए पनि मूल्यवृद्धि भने भैरहेकै पाइन्छ ।

तरकारी उत्पादन गर्ने किसानले पाउने मूल्य र उपभोक्ताले तिर्नु परेको मूल्यबीच ठूलो अन्तर देखिएको छ । बीचका मध्यस्थकर्ताहरुले मूल्यको झन्डै सय प्रतिशत नाफा राखेर तरकारीको मूल्य निर्धारण गर्ने गरेको अनुभव पीडित उपभोक्ताहरुले गरेका छन् । राज्यको उपस्थिति हुँदाहुँदै पनि उचित बजार नियन्त्रण हुन नसकेपछि कालाबजारियाहरु हौसिएका छन् । जति मूल्य बढाए पनि नियन्त्रण गर्ने कोही छैन भन्ने भ्रम पालेर व्यापारीहरुले मूल्यमा एकाधिकार कायम गरेका छन् । यससम्बन्धमा स्थानीय प्रशासनले उद्योग वाणिज्य संघ चितवनसँग समन्वय गरेर केही न केही ठोस कदम तत्काल चालिहाल्नु अत्यावश्यक भैसकेको छ । प्रशासन मूकदर्शक भएर बस्न कदापि हुँदैन । जनताको सरोकारका सवालहरुमा प्रशासनले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने खाँचो महसुस गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

अहिले बजारमा दसैँको चहलपहल बढेको छ । तर, बजार अनियन्त्रित अवस्थामै छ । काला व्यापारीहरुले आमउपभोक्ताको ढाड सेकेर आर्थिक शोषण गरिरहेको वर्तमान परिस्थितिमा सरकारले सुपथ पसल सञ्चालन गरेर केही हदसम्म राहत भएको छ । तर, सुपथ मूल्यका पसलको पहुँच पनि हुनेखाने वर्गमै सीमित बनिरहेको छ । स्वदेशमै र स्थानीयस्तरमा उत्पादित वस्तुहरुको पनि अस्वाभाविक ढंगले मूल्यवृद्धि भएपछि उपभोक्ताहरुले अहिले सरकारसँग जवाफ खोजिरहेका छन् । तर, विडम्बना के छ भने मूल्यवृद्धिको कारण जायज र वैज्ञानिक ढंगले बताउन सक्ने कुनै निकाय छैन । उत्पादन र वितरणसँगै बजारमूल्यलाई नियन्त्रणमा राख्न स्थानीय प्रशासनले सक्रिय सतर्कता देखाउन आवश्यक देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.10
149.70
European Euro
1
175.59
176.29
UK Pound Sterling
1
201.95
202.76
Swiss Franc
1
190.48
191.25
Australian Dollar
1
106.41
106.83
Canadian Dollar
1
108.15
108.59
Singapore Dollar
1
117.17
117.64
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.86
21.95
Saudi Arabian Riyal
1
39.74
39.90
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
40.59
40.76
Malaysian Ringgit
1
37.70
37.85
South Korean Won
100
10.09
10.13
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.03
19.11
Kuwaity Dinar
1
486.70
488.66
Bahrain Dinar
1
395.23
396.82
Omani Rial
1
387.27
388.83