२०८३ बैशाख २, बुधबार
April 15, 2026
२०८३ बैशाख २, बुधबार
April 15, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनमा दशौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको समापन

प्रकाशित मिति : २०८२ चैत्र २९ गते
Screenshot

भरतपुर / चितवनको भरतपुरस्थित प्रदर्शनी केन्द्रमा दशौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी सम्पन्न भएको छ।

तीन दिन (चैत्र २७ गतेदेखि सुरु) देखि सञ्चालन भएको उक्त प्रदर्शनीले नवप्रवर्तन उद्यमीहरूमा उद्यमशीलताप्रति आकर्षण बढाउनुका साथै स्वदेशी उत्पादनको बजारीकरणमा टेवा पुर्‍याएको आयोजकले जनाएको छ।

- ADVERTISEMENT -

Advertisement

चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेका अनुसार प्रदर्शनीमा कृषि, पर्यटन, सेवा, उत्पादन र निर्माण क्षेत्रका कुल ८६ उद्योग–व्यवसाय तथा संघ–संस्थाका १०६ वटा स्टल सहभागी थिए।

प्रदर्शनीअन्तर्गत “नेपालको वर्तमान औद्योगिक अवस्था र भावी गन्तव्य” विषयमा आयोजित प्यानल छलफलमा सहभागीहरूको उत्साहजनक सहभागिताले नियमनकारी निकाय र सरोकारवालाबीच समन्वय बढाउन सहयोग पुगेको उनले बताए।

प्रदर्शनी अवधिभर दर्ता भई अवलोकन गर्नेहरू मध्ये लक्की ड्रमार्फत रत्ननगर–१५, चितवनका कमलनारायण श्रेष्ठ, भरतपुर–११ का सरस्वती लामा र गैंडाकोट–१, नवलपुरका वसन्त पौडेल पुरस्कृत भएका छन्। लक्की ड्रका पुरस्कारहरू प्रदर्शनीमा सहभागी प्रदर्शकहरूले उपलब्ध गराएका सामग्रीबाट प्रदान गरिएको थियो।

नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्वमा सम्पन्न उक्त प्रदर्शनीमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र मुख्य प्रवर्द्धकको रूपमा रहेका थिए।

यसैगरी, राष्ट्रिय बीमा कम्पनी लिमिटेड इन्सुरेन्स पार्टनर, डीएचआई ह्याप्पियर होम होम एप्लायन्स पार्टनर, लक्ष्मी सनराइज बैंक बैंकिङ पार्टनर, रिजाल फुड एण्ड बेभरेजेज फुड एण्ड स्न्याक्स पार्टनर, यति ब्रुअरी बेभरेज पार्टनर, लर्ड्स होटल एण्ड रिसोर्ट (सिबिसी प्लाजा) हस्पिटालिटी पार्टनर, रोयल पेन्ट्स प्रा.लि. पेन्ट्स पार्टनर र टेस्ला एसी कुलिङ पार्टनरका रूपमा सहभागी थिए।

प्रदर्शनीमा सामाजिक सुरक्षा कोष सहयोगी संस्थाका रूपमा रहेको थियो भने उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिका लगायतका निकायहरूको समेत सहकार्य रहेको थियो।

निःशुल्क प्रवेश व्यवस्था गरिएको उक्त प्रदर्शनीमा करिब १६ हजार ३ सय दर्शकले अवलोकन गरेका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.11
149.71
European Euro
1
175.98
176.69
UK Pound Sterling
1
202.37
203.19
Swiss Franc
1
191.17
191.94
Australian Dollar
1
106.27
106.70
Canadian Dollar
1
108.43
108.87
Singapore Dollar
1
117.32
117.79
Japanese Yen
10
9.39
9.43
Chinese Yuan
1
21.88
21.96
Saudi Arabian Riyal
1
39.73
39.89
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
40.60
40.76
Malaysian Ringgit
1
37.74
37.89
South Korean Won
100
10.14
10.18
Swedish Kroner
1
16.28
16.35
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.04
19.11
Kuwaity Dinar
1
486.73
488.69
Bahrain Dinar
1
395.26
396.85
Omani Rial
1
387.29
388.85