April 22, 2025

इजरायलका ३ सय ५० नेपालीलाई घर फिर्तीका लागि प्रक्रिया सुरु

October 11, 2023
File photo.
- ADVERTISEMENT -

काठमाडौं । इजरायलमा रहेका ३५० जना नेपालीले घर फर्कनका लागि नाम दर्ता गरेका छन् ।

तेल अविवमा रहेको नेपाली दूतावासका अनुसार, स्वदेश फर्कनका लागि सुरु गरेको अनलाइन रजिष्ट्रेशनमा अहिलेसम्म ३५० भन्दा बढीको विवरण प्राप्त भएको छ ।

उनीहरुको स्वदेश फिर्तीको प्रकृया सुरु गरिएको छ । नेपाली दूतावासका अनुसार हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार हुँदैछ ।

बेपत्ता भएका एक जना नेपाली विद्यार्थीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा अझ तिब्र पारिएको नेपाली दूतावासले जनाएको छ ।

साथै इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उद्दार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

- ADVERTISEMENT -