२०८२ कार्तिक २२, शनिबार
November 8, 2025
२०८२ कार्तिक २२, शनिबार
November 8, 2025 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दाजुमाथि खुकुरी प्रहार गर्ने एक जना पक्राउ

प्रकाशित मिति : २०८० कार्तिक १ गते
file photo.
- ADVERTISEMENT -

मकवानपुर / मकवानपुरको बागमती गाउँपालिका वडा नं.९ बेतिनीस्थित आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी फरार रहेका एक जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ४७ वर्षीय जिवनबहादुर तुमसिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, गत आसोज २८ गते आफ्नै दाजु ४८ वर्षीय अशोक तुमसिङलाई खुकुरी प्रहार गरी जिवन फरार रहेका थिए ।

खुकुरी प्रहारबाट दाजु अशोकको घाटी र दाहिने हातमा काटेको थियो । पक्राउ परेका जिवनमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -