२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

इच्छाकामना आधारभूत अस्पतालको सेवा शुभारम्भ

प्रकाशित मिति : २०८० कार्तिक ४ गते

चितवन / इच्छाकामना गाँउपालिकाले इच्छाकामना आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ । इच्छाकामना ४ स्थित १५ शैयाको अस्पतालले शुक्रबारबाट सेवा प्रारम्भ गरेको हो ।

अस्पतालको बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले एक कार्यक्रमकाबीच उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री जोशीले अस्पतालको सेवाबाट इच्छाकामनाका जनतासँगै तनहुँ, गोरखा र धादिङका सेवाग्राहीहरु पनि लाभान्वित हुने विश्वास व्यक्त गरे ।

- ADVERTISEMENT -

Advertisement

जोशीले आधारभूत अस्पताललाई ट्रमा सेन्टरको रुपमा विस्तार गर्न आवश्यक रहेको औंल्याए । अस्पताल राजधानी जोड्ने राजमार्गसँगै जोडिएकोले यसलाई ट्रमा सेन्टरको रुपमा विस्तार गर्न सकिने उनको भनाइ थियो ।

यसका लागि प्रदेश सरकारले आवश्यक उपकरण र प्राविधिक जनशक्ति उपलब्ध गराउने समेत मन्त्री जोशीले बताए । अत्याधुनिक सेवासहितको अस्पतालको रुपमा बिकास गर्न मन्त्रालय सधैं तयार रहने उनको भनाइ थियो । अस्पतालले हुँदा खाने वर्गलाई स्वास्थ्यको पहुँचमा पुराउने समेत उनको विश्वास छ ।

मन्त्री जोशीले विपन्न, असहायलाई सहज, सुलभ र सरल स्वास्थ्य सेवा दिन आग्रह पनि गरे । इच्छाकामनास्थित दारेचोक स्वास्थ्यचौकीलाई आधारभूत अस्पतालको रुपमा नामाकरण गरी सेवा प्रारम्भ गरिएको हो । गाउँपालिकाको वडा नम्बर ४ मा अस्पतालको आफ्नै भवन निर्माणाधिन छ । तत्कालका लागि स्वास्थ्यचौकीलाई अस्पतालको रुपमा विस्तार गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए ।

संघीय सरकारको १३ करोड बजेटमा अस्पतालको १५ शैयाको भवन निर्माण भइरहेको छ । २०८१ सम्म निर्माण सम्पन्न भएर आफ्नै भवनबाट सेवा दिईने उनले जानकारी दिए । भवन निर्माणपछि सेवा थप विस्तारको योजना रहेको उनले सुनाए । हाल अस्पताल सञ्चचालनका लागि प्रदेश सरकारले १३ लाख रुपैयाँ उपलब्ध गराएको समेत उनले बताए । अस्पतालमा २ चिकित्सकसहित १५ स्वास्थ्यकर्मीले सेवा दिईरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10