गाजा / गाजामा मृत्यु हुनेको संख्या ४ हजार ३ सय ८५ पुगेका छन् । प्यालेस्टिनी अधिकारीहरूका अनुसार मृत्यु हुनेहरू मध्ये १ हजार ७५६ बालबालिका रहेका छन् ।
अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेदेखि इजरायली सेनाले गाजामा लगातार बमबारी गरिरहेको छ । हमासको आक्रमणमा इजरायलमा १ हजार ४०० जनाको ज्यान गएको थियो । पछिल्लो जानकारी अनुसार २१० जनालाई हमास लडाकुहरूले अपहरण गरी गाजा पट्टीमा लगेका छन् ।