April 19, 2025

प्रिन्सिपल हत्या प्रकरण : पूर्व शिक्षिकासहित ६ जना पक्राउ

October 31, 2023
- ADVERTISEMENT -

जनकपुरधाम / बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा एक महिलासहित ६ जना पक्राउ परेका छन् ।
बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेका अनुसार तीन जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नेहरुमध्ये एक जना उनकै विद्यालयमा काम गर्ने पूर्वशिक्षिकासमेत रहेको प्रवक्ता न्यौपानले जानकारी दिए । पक्राउ परेकाहरुको नाम गोप्य राखिएको छ ।
सोमबार दिउँसो दुई वटा मोटरसाइकल चढेर आएका चारजनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भागेको प्रहरीको भनाइ छ । टाउको र छातीमा गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो ।

- ADVERTISEMENT -