काठमाडौं / विश्वकप क्रिकेटमा आज (बुधबार) दक्षिण अफ्रिका र न्यूजिल्याण्डले प्रतिस्पर्धा गर्दैछन् । भारतमा जारी उक्त खेल दिउँसो सवा २ बजे पुनेस्थित महाराष्ट्र क्रिकेट एशोसियसनको स्टेडियममा हुँदैछ ।
अंक तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका यी दुई टोलीबीचको प्रतिस्पर्धालाई रोचक रूपमा हेरिएको छ । खेलेका छ खेलमध्ये दक्षिण अफ्रिका पाँच खेलमा अपराजित रहँदा न्यूजिल्याण्ड भने छ मध्ये चार खेलमा अपराजित छ।
दक्षिण अफ्रिका र न्यूजिल्याण्डबीच यसअघि भएका पाँच खेलमा न्यूजिल्याण्ड हावी छ। उसले तीन खेल जित्दा दक्षिण अफ्रिकाले मात्र दुई खेल जितेको छ । तर, जारी विश्वकपमा दक्षिण अफ्रिका उत्कृष्ट फर्ममा छ ।
पहिला ब्याटिङ गर्दा उनले ३५० देखि ४०० रनसम्मको लक्ष्य विपक्षी टिमलाई प्रस्तुत गरिरहेको छ भने रन चेजमा पनि उत्कृष्ट देखिएको छ । दक्षिण अफ्रिका आजको खेल जितेर अंकतालिकाको शिर्षस्थानमा पुग्न चाहन्छ भने न्यूजिल्याण्डले पनि सेमिफाइनल यात्रा सहज गर्न चाहन्छ ।