April 25, 2025

आत्महत्याका घटना बढ्दै, चार महिनामा ४३ जनाद्वारा देहत्याग

November 2, 2023
sketch
- ADVERTISEMENT -

मकवानपुर / मकवानपुरमा आत्महत्याका घटना बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म ४३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका तथ्यांक अनुसार आत्महत्या गर्नेमा २८ जना पुरुष, १२ महिला, २ बालक र एक बालिका रहेको छ ।

उनीहरुले पारिवारिक कलह, आर्थिक समस्या, प्रेम सम्बन्धलगायत विविध कारण आत्महत्या गरेको देखिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार, जिल्लामा पछिल्लो साता मात्रै ६ जनाले आत्महत्या गरेका छन् । जसमा राक्सिराङ गाउँपालिकाका एक जना, मकवानपुरगढी गाउँपालिकाका एक जना, हेटौंडा उपमहानगरपालिकाका एक जना, बकैया गाउँपालिकाका एक जना, इन्द्रसरोवर गाउँपालिकाका एक जना र मनहरी गाउँपालिकाका एक जना रहेका छन् ।

जिल्लामा गत आर्थिक वर्षमा १ सय ५५ जनाले आत्महत्या गरेको मकवानपुर प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

- ADVERTISEMENT -