March 15, 2025
- ADVERTISEMENT -

गैरआवासीय नेपालीलाई नागरिकता वितरण सुरु

November 2, 2023
Sketch

मकवानपुर / गैरआवासीय नेपालीलाई नागरिकता वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बुधबार एक कार्यक्रमबीच हेटौंडाका दुई जना गैरआवसीय नागरिकलाई नागरिकता दिई वितरण सुरु गरेको हो ।

नागरिकता प्राप्त गर्नेहरुमा हेटौंडा–११ की संजिता विडारी र हेटौंडा–५ का श्रीकृष्ण थापा रहेका छन् । उनीहरु श्रीमान् श्रीमती हुन् ।

थापा १५ वर्षदेखि र उनकी श्रीमती विडारी ११ वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका छन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख (प्रजिअ) सुर्यप्रसाद सेढाईले नागरिकता हस्तान्तरण गरेका हुन् ।

सो क्रममा उनीहरुले आफुहरु विदेशमा रहेपनि देशको माया रहेको बताउँदै पुनः नेपाली नागरिकता प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गरे ।

यसअघि गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका थिए । गत जेठमा नागरिकता सम्बन्धी ऐन संशोधन भएपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो ।

- ADVERTISEMENT -