निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भूकम्पबाट सिक्नुपर्ने पाठ

प्रकाशित मिति : २०८० कार्तिक २४ गते
- ADVERTISEMENT -

शुक्रबार राति ११ः४७ बजेको समयमा जाजरकोट र रुकमपश्चिमलाई प्रभावित पार्ने गरी जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पका कारण पश्चिममा नेपाल यतिबेला धनधनको ठूलो क्षति भएको छ । शुक्रबार मध्यराति सबै मानिस मस्त सुतिरहेको अवस्थामा गएको ६.४ म्याग्निच्युटको भूकम्पबाट १५७ जनाको मृत्यु भएको छ भने करिब ३०० जना घाइते भएका छन् । भूकम्पले ९ सय २९ घरमा पूरै क्षति गरेको छ भने २ हजार ९५४ घरहरुमा आंशिक क्षति पु¥याएको विररण सार्वजनिक भएको छ । भूकम्प पूर्वानुमान गर्न नसकिने प्राकृतिक प्रकोप हो । विज्ञानले विश्वमा निकै प्रगति गरिसके पनि भूकम्पको पूर्वानुमान गर्न अहिलेसम्म सकेको पाइँदैन । भूकम्पको प्रारम्भिक तरंग पैदा भइसकेपछि साइरन बज्ने प्रविधिको विकास भैसके पनि हाम्रो जस्तो मुलुकमा आमप्रयोगमा आइसकेको छैन । जाजरकोट र रुकुमपश्चिमजस्ता क्षेत्रमा त यस्तो प्रविधि प्रयोगमा आउनु झनै दुर्लभ कुरा हो ।

नेपालले विसं १९९० सालमा भीषण भूकम्पको विपत्ति भोगिसकेको छ भने २०७२ सालमा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर आएको विनाशकारी भूकम्पका कारण देशको मध्य भागले निकै क्षति बेहोरिसकेको छ । पश्चिमी क्षेत्र भूकम्पीय जोखिमबाट प्रायः सुरक्षित रहँदै आए पनि पछिल्लो भूकम्प चेतावनीस्वरुप आएको छ । उक्त पश्चिम नेपाल भूकम्पीय जोखिमबाट निकै संवेदनशील रहेको विषय बारम्बार सार्वजनिक भइसक्दा पनि सरोकारवाला निकायहरुले समयमै उच्च सतर्कता नअपनाउँदा देशले अर्को ठूलो विपद् भोग्नुपरेको छ । नेपाल भूकम्पीय जोखिमका हिसाबले निकै संवेदन मानिएको छ । भूकम्पीय शक्ति सञ्चित भैरहेको अवस्थामा पछिल्लो घटना विकसित भएको हो । आगामी दिनमा पनि पश्चिम नेपालका लागि थप चुनौतीपूर्ण बन्न पुगेको छ । समयमै सावधानी नअपनाउने हो भने आगामी दिनमा पश्चिमी क्षेत्रले भूकम्पको योभन्दा निकै ठूलो धक्का बेहोर्न बाध्य हुनुपर्ने अवस्था छ ।

- ADVERTISEMENT -

Advertisement

जाजरकोट र रुकमपश्चिम जुन घटना भयो त्यसबाट दुःखद् परिणाम त आइसकेको छ । यसलाई टारेर टार्न सकिँदैन । तर अब घाइतेको उपचार, मृतकको अन्तिम संस्कार, घरबार तथा आफन्तविहीन बनेकालाई बस्ने, खाने, लाउने व्यवस्था गरी पुनस्थापित गर्नु आवश्यक छ । सरकारले विगतको पाठ सिकेर यसपटक समयमै राहत तथा उद्धारमा जुटेको छ । यो सकारात्मक पक्ष हो । विगतमा राहतमा समेत घोटाला भएका घटना यसपटक नदोहरियोस् र राहत एकद्वार प्रणालीमार्फत वितरण हुन सकोस् । अब भूकम्पीय जोखिमबारे जनसमुदायमा सतर्कताका लागि चेतना अभिवृद्धिसँगै नवनिर्मित घरहरु भूकम्पीय जोखिमबाट सुरक्षित हुने गरी प्रविधिमैत्री बनाउनु उपयुक्त हुनेछ । भूकम्पजस्ता दैवीविपत्तिहरु बाजा बजाएर आउँदैनन् । विगतमा भूकम्पले पारेको असरबाट पाठ सिक्दै कुनै पनि बेला भूकम्प जानसक्ने अवस्थालाई मध्यनजर गर्दै समयमै सम्भावित जोखिमयुक्त क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकिए ठूलो जोखिम व्यहोर्नुपर्दैन । यसतर्फ सरोकारवाला राज्यका निकायले समयमै ध्यान दिनु आवश्यक देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48