–वसन्त पराजुली
चितवन । चितवनको सौराहामा पर्यटकीय गतिविधिले लय समातेकै बेला चितवन राष्ट्रिय निकुञ्जमा चोरी सिकारी पनि सक्रिय भएका छन् । जङ्गल सफारी गरेर निकुञ्ज वरपर रहेका होटल, रिसोर्ट र लजमा बसेका स्वदेशी तथा विदेशी पर्यटक दुई वटा पोथी गैँडा मारिएको खबरले स्तब्ध भए ।
मारिएका दुई पोथी गैँडाका खाग र खुर दुवै गायव छन् । मारिएकामध्ये एउटा १० दिनअघि नै र अर्को तीन दिनअघि मारेर खाग र खुर लगिएको अनुमान चितवन राष्ट्रय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गरे ।
“निकुञ्जको पूर्वी क्षेत्र अन्तर्गत पर्यटकीय नगरी सौराहा नजिकै पर्ने चप्परचुली पोस्टबाट करिब साढे तीन किलोमिटरको फरकमा दुई वटा गैँडा मरेको अवस्थामा भेटिए,” सूचना अधिकारी तिवारीले भने । उनले भनेको घुमाउरो बाटोको दुरी हो । सुरक्षा पोस्टबाट घटनास्थल करिब एक किलोमिटरको दुरीमा पर्ने पथप्रदर्शकहरू बताउँछन् । यस ठाउँमा सितिमिति सुरक्षा पहुँच नरहेको उनीहरूको दाबी छ ।
मारिएका दुवै पोथी गैँडा हुन् । १० दिनअघि मारिएको अनुमान गरिएको १८ वर्षको र अर्को छ वर्ष रहेको निकुञ्जले जनाएको छ । दुवै गैँडा राप्तीपारि खाल्डो खनेर धरापमा पारी मारिएका थिए । निकुञ्ज प्रशासनले भने बिहीबार साँझ मात्र यसको सूचना पाएको थियो । तस्करले एक सय मिटरको फरकमा दुई वटा खाडल बनाएको र खाडलको माटो टाढा लगेर फालेको देखिन्छ ।
वन्यजन्तुकै कारण बढेको चितवनको पर्यटकीय गतिविधिमा फेरि यस घटनाले नराम्रो असर पार्ने सम्भावना देखिन्छ । पेसाले मेडिकल डाक्टर अस्ट्रियन नागरिक एल क्जोपाकले सङ्कटासन्न वन्यजन्तु गैँडा मारिएको सुन्दा आफू ज्यादै दुःखी भएको बताए ।
“मलाई बाघ हेर्ने ठुलो चाहना हो । यहाँ आएपछि गैँडासमेत देख्न पाए हुन्थ्यो भन्ने लागेको थियो,” शुक्रबार निकुञ्जमा जिप सफारी गरेका चिकित्सक क्जोपाकले थपे, “संयोगले दुवै वन्यजन्तु देख्न पाउँदा हर्षित छु । यस्ता वन्यजन्तु मारिएको सुन्दा दुःख लाग्दो रहेछ ।” (यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।)
निकुञ्जमा चोरी सिकारी सक्रिय, दुई पोथी गैंडा मारिए
November 18, 2023

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
- ADVERTISEMENT -
