–वसन्त पराजुली
चितवन । चितवनको सौराहामा पर्यटकीय गतिविधिले लय समातेकै बेला चितवन राष्ट्रिय निकुञ्जमा चोरी सिकारी पनि सक्रिय भएका छन् । जङ्गल सफारी गरेर निकुञ्ज वरपर रहेका होटल, रिसोर्ट र लजमा बसेका स्वदेशी तथा विदेशी पर्यटक दुई वटा पोथी गैँडा मारिएको खबरले स्तब्ध भए ।
मारिएका दुई पोथी गैँडाका खाग र खुर दुवै गायव छन् । मारिएकामध्ये एउटा १० दिनअघि नै र अर्को तीन दिनअघि मारेर खाग र खुर लगिएको अनुमान चितवन राष्ट्रय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गरे ।
“निकुञ्जको पूर्वी क्षेत्र अन्तर्गत पर्यटकीय नगरी सौराहा नजिकै पर्ने चप्परचुली पोस्टबाट करिब साढे तीन किलोमिटरको फरकमा दुई वटा गैँडा मरेको अवस्थामा भेटिए,” सूचना अधिकारी तिवारीले भने । उनले भनेको घुमाउरो बाटोको दुरी हो । सुरक्षा पोस्टबाट घटनास्थल करिब एक किलोमिटरको दुरीमा पर्ने पथप्रदर्शकहरू बताउँछन् । यस ठाउँमा सितिमिति सुरक्षा पहुँच नरहेको उनीहरूको दाबी छ ।
मारिएका दुवै पोथी गैँडा हुन् । १० दिनअघि मारिएको अनुमान गरिएको १८ वर्षको र अर्को छ वर्ष रहेको निकुञ्जले जनाएको छ । दुवै गैँडा राप्तीपारि खाल्डो खनेर धरापमा पारी मारिएका थिए । निकुञ्ज प्रशासनले भने बिहीबार साँझ मात्र यसको सूचना पाएको थियो । तस्करले एक सय मिटरको फरकमा दुई वटा खाडल बनाएको र खाडलको माटो टाढा लगेर फालेको देखिन्छ ।
वन्यजन्तुकै कारण बढेको चितवनको पर्यटकीय गतिविधिमा फेरि यस घटनाले नराम्रो असर पार्ने सम्भावना देखिन्छ । पेसाले मेडिकल डाक्टर अस्ट्रियन नागरिक एल क्जोपाकले सङ्कटासन्न वन्यजन्तु गैँडा मारिएको सुन्दा आफू ज्यादै दुःखी भएको बताए ।
“मलाई बाघ हेर्ने ठुलो चाहना हो । यहाँ आएपछि गैँडासमेत देख्न पाए हुन्थ्यो भन्ने लागेको थियो,” शुक्रबार निकुञ्जमा जिप सफारी गरेका चिकित्सक क्जोपाकले थपे, “संयोगले दुवै वन्यजन्तु देख्न पाउँदा हर्षित छु । यस्ता वन्यजन्तु मारिएको सुन्दा दुःख लाग्दो रहेछ ।” (यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।)
निकुञ्जमा चोरी सिकारी सक्रिय, दुई पोथी गैंडा मारिए

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45












