Opens in a new tab
२०८३ कार्तिक २६, बुधबार
November 11, 2026
२०८३ कार्तिक २६, बुधबार
November 11, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कौडा खेलिरहेको अवस्थामा १८ जना पक्राउ, साढे ३ लाख बढी नगद बरामद

प्रकाशित मिति : २०८३ कार्तिक २६ गते
AI

भरतपुर / चितवनमा प्रहरीले जुवा खेलिरहेको अवस्थामा दुई छुट्टाछुट्टै स्थानबाट १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट कौडा र ३ लाख ५९ हजार १८० रुपैयाँ नगद बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२७ स्थित धरमपुरमा कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । मंगलबार राति जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट १६ थान कौडा र १ लाख ३३ हजार ८२० रुपैयाँ नगद बरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२७ मेघौलीका ३७ वर्षीय टेकबहादुर गुरुङ, ३६ वर्षीय सञ्जोग भन्ने डोलबहादुर खत्री क्षेत्री, बुद्धनगरका ३५ वर्षीय शिवप्रसाद अधिकारी तथा धरमपुरका ४३ वर्षीय गुणबहादुर गुरुङ, ३९ वर्षीय राजेश केसी, ४९ वर्षीय धनबहादुर क्षेत्री र ३५ वर्षीय लक्ष्मण क्षेत्री रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै, रत्ननगर नगरपालिका–१२ रामलाल चोकबाट पनि कौडा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । सोमबार राति इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट १६ थान कौडा र २ लाख २५ हजार ३६० रुपैयाँ नगद बरामद गरिएको छ ।

पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१३ का ४० वर्षीय सन्दीप दुवाडी, रत्ननगर–१२ का ३० वर्षीय किरण थिङ, रत्ननगर–१३ का ४२ वर्षीय शंकर दुवाडी, रत्ननगर–१० का ५१ वर्षीय वियफा चौधरी, ४१ वर्षीय दीपक श्रेष्ठ र ४५ वर्षीय इन्द्रबहादुर श्रेष्ठ रहेका छन् ।

त्यसैगरी रत्ननगर–१३ का ४० वर्षीय तुलसीप्रसाद बास्ताकोटी, रत्ननगर–१२ का ४५ वर्षीय दुर्गाप्रसाद काप्री र ४३ वर्षीय कृष्ण काप्री, रत्ननगर–१३ का ५३ वर्षीय गिरीराज भन्टना तथा भारत घर भई हाल रत्ननगर–१० बस्ने ३२ वर्षीय छोटेलाल सहनी पक्राउ परेका छन् ।

दुवै घटनामा पक्राउ परेका १८ जनामाथि जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.99
150.59
European Euro
1
168.41
169.08
UK Pound Sterling
1
201.41
202.22
Swiss Franc
1
182.78
183.51
Australian Dollar
1
103.69
104.10
Canadian Dollar
1
106.11
106.53
Singapore Dollar
1
117.38
117.85
Japanese Yen
10
9.49
9.52
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
39.96
40.12
Qatari Riyal
1
41.15
41.31
Thai Baht
1
4.49
4.51
UAE Dirham
1
40.84
41.00
Malaysian Ringgit
1
36.98
37.13
South Korean Won
100
11.22
11.26
Swedish Kroner
1
15.32
15.38
Danish Kroner
1
22.53
22.62
Hong Kong Dollar
1
19.12
19.20
Kuwaity Dinar
1
486.98
488.93
Bahrain Dinar
1
397.64
399.23
Omani Rial
1
389.57
391.13