Opens in a new tab
२०८३ कार्तिक २७, बिहीबार
November 12, 2026
२०८३ कार्तिक २७, बिहीबार
November 12, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इभी दुर्घटनामा चालकसहित ११ जनाको मृत्यु

प्रकाशित मिति : २०८३ कार्तिक २७ गते
AI

मकवानपुर / मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना हुँदा चालकसहित ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच महिला र छ पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार मृत्यु हुनेमा सवारी चालक सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय रविशंकर कुमार मण्डल रहेका छन् । अन्य १० जना मृतक सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका बासिन्दा हुन् ।

दुर्घटनामा एकै परिवारका आमा र तीन छोरी तथा अर्को परिवारका श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीया पुनम यादव र उनका तीन छोरी १० वर्षीया अनु कुमारी यादव, सात वर्षीया दिक्षा यादव र पाँच वर्षीया दिपिका यादव रहेका छन् ।

त्यस्तै, ३६ वर्षीय गुड्डु यादव र उनकी ३२ वर्षीया श्रीमती गायत्री देवीको पनि दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा २६ वर्षीय बिकेश यादव, २६ वर्षीय राम दुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवले पनि ज्यान गुमाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

दुर्घटनामा घाइते भएका छ जनालाई उद्धार गरी सुरुमा हेटौँडा अस्पताल पुर्‍याइएको थियो । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका अवधेश यादवका १४ महिने छोरा सुदीप यादव र मृतक गुड्डु यादवका तीन वर्षीय छोरा सुजन यादवलाई थप उपचारका लागि काठमाडौँस्थित नेपाल मेडिसिटी अस्पताल पठाइएको प्रवक्ता काफ्लेले जानकारी दिए ।

त्यसैगरी, टाउको र शरीरमा चोट लागेका ३१ वर्षीय देवेन्द्र राय (बेचु) लाई थप उपचारका लागि चितवनको भरतपुरस्थित मनकामना अस्पताल पठाइएको छ ।

अन्य तीन जना घाइते ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र राय भने हेटौँडा अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

यसअघि बिहीबार बिहान छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय गाडी (इभी) भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटना भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.61
150.21
European Euro
1
166.64
167.30
UK Pound Sterling
1
199.36
200.16
Swiss Franc
1
180.61
181.34
Australian Dollar
1
102.74
103.15
Canadian Dollar
1
105.22
105.64
Singapore Dollar
1
116.68
117.15
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.43
22.52
Saudi Arabian Riyal
1
39.86
40.02
Qatari Riyal
1
41.05
41.21
Thai Baht
1
4.45
4.46
UAE Dirham
1
40.73
40.90
Malaysian Ringgit
1
36.73
36.87
South Korean Won
100
11.23
11.27
Swedish Kroner
1
15.08
15.14
Danish Kroner
1
22.29
22.38
Hong Kong Dollar
1
19.07
19.15
Kuwaity Dinar
1
485.35
487.30
Bahrain Dinar
1
396.69
398.28
Omani Rial
1
388.58
390.14